मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

कविता :
लायन्स

Sankhuwasabhapress 607+ समाचार ( )
६ मंगशिर २०८२, शनिबार

दिने हो सेवा, चाहिन्न मेवा, बिपन्न जनमा 

कर्तब्य हाम्रो समाजलाई, सन्तुष्टि मनमा 

विश्वका मानव, हटाउने दानव, सत्कर्म गर्नलाई 

बिकृति हटाउ चाहना घटाउ, सन्तुष्टि भर्नलाई ।।

समाजको सेवा, दुःखीलाई टेवा, सकेको गर्ने हो 

थुपारी धन, अतृप्त मन, नियन्त्रण गर्ने हो 

मानिस जाती, निरीह माथि नगर शासन 

सकेको गर तिमीले दान गरीबलाई राशन ।।

नझुकाई सान, अरुको मान, हामीले गर्ने हो 

विपत्ति पर्दा, उद्वार गर्दा, सेवाले भर्ने हो 

एकै हो हामी, काम गर्ने नामी संसार हाम्रै हो

निरीहजन यो स्वच्छ मन, सघाउनु राम्रै हो ।।

विभाजन छैन, जातजाती हैन, सकेको गर्ने हो 

विपन्न जन, उत्साही मन, खुसीले भर्ने हो

मानिस जाती, अशक्तमाथी, मलम लगाउ

ओठमा हाँसो, गरिवी पासो, सदालाई हटाउ ।।

सक्नेले गर्ने, खुसीले भर्ने, यहि नै सेवा हो 

मेटिन्न कहिले, रहन्छ जहिले, त्यै निजी पेवा हो

भोक र रोग, यी अनेक थोक, थोपरी आएको 

यो सृष्टिचक्र, नबन बक्र, होइन चाहेको ।।

मित्रता गाँस्न, रोग–व्याध नास्न, कम्मर कसेको 

समाजको सेवा यो सानो टेवा, दिएर बसेको

करकाप हैन, छलछाम छैन, इच्छाले आएको 

मुहार फेर्न, सम्मृद्धि भर्न, रौनक छाएको ।।

लाइन हाम्रो, एकै हो साथी, अगाडी वढ्दछ 

गन्तव्य हाम्रो नभेटेसम्म, नखुट्टा काम्दछ

त्यसैले आउ, कुबाटो नजाउ, खुसी छ यसैमा 

आनन्द खोज्ने, यै बाटो रोज्ने, छ आफ्नै बसमा ।।

प्रतिक्रिया

Shaarada Dahal Bhandari १९ मंगशिर २०८२, शुक्रबार

सेवाही परमोधर्म , सन्तोषम् परमं सुखम् भन्ने भावले प्रेरित सुन्दर झ्याउरे कविता !

भक्ती सिटौला १३ मंगशिर २०८२, शनिबार

शुन्दर हजुर।

राजाराम बस्नेत। ६ मंगशिर २०८२, शनिबार

सुन्दर, समय साक्षेप।

गाेबिन्दप्रसाद अाचार्य (बिसाचा ६ मंगशिर २०८२, शनिबार

समय सन्दर्भ ,समय सापेक्ष ,देशकाे गरिबी ,नेपालका बास्तबिक जनताकाे भावनामा अभिप्रेरित कबिताका लाेभलाग्दाहरुलाई ब्यबहारमा उतार्न पाए याे देशहरुले बासगरेकाे धनी देश अबस्य बन्ने थियाे ।याे कबिताकाे मर्म र भावनालाई स्राेत शक्तिका रुपमा ग्रहण गर्ने हाे भने हामी सबै नेपालीहरुमा स्वर्गरुपि अाफ्नाे देशमा रमेर बाँच्ने थियाैं । अादरणिय कबिबरलाई हार्दिक बधाई छ ।

j.n.pokharel ६ मंगशिर २०८२, शनिबार

Thanks for the publicity of my poem.

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार