मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

खाँदबारी नगरपालिका–४
हरेलोडाँडामा आफन्तको नाममा करिब २१ लाख बराबर लागतमा मलामीघर निर्माण

Sankhuwasabhapress 607+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–४ स्थित हरेलोडाँडा समाधीस्थल नजिकै आफन्तको नाममा देवीथानका गुरुङ परिवारले २१ लाख रुपैया बराबरको मलामी घर निर्माण गरिदिएका छन् ।

खाँदबारी नगरपालिका–४ देवीथान टोल निवासी सूनील गुरुङ र उनको परिवारले स्वर्गीय वाजे कुलदीप गुरुङको नाममा ‘स्व.कुलदीप गुरुङ स्मृत्ति मलामी खाजा घर’ निर्माण गरिदिएको हो । समाधीस्थल निर्माण भएपनि खाजाघरको अभाव भएपछि देवीथानका गुरुङ परिवारले आफै जग्गा उपलब्ध गराउनुका साथै भौतिक पूर्वाधार समेत निर्माण गरिदिएका हुन् । २०७७ साल कात्र्तिक २ गते खाजाघर निर्माण गरेर हरेलोडाँडा समाधीस्थल समितिलाई हस्तान्तरण गरेका हुन् भने अन्य संरचनाहरु पछाडी थपिएका हुन् । 

खाजा घरका लागि सूनिल गुरुङ र फूलमती गुरुङले १५ लाख रुपैया बराबरको एक रोपनी जग्गा उपलब्ध गराएको छ भने उक्त जग्गामा सूनील गुरुङका बाबु खलक इश्वर गुरुङ, बमबहादुर गुरुङ, प्रभुराम गुरुङ र चन्द्रबहादुर गुरुङ लगायतका चार दाजुभाइले ५ लाख रुपैया बराबरको भौतिक पूर्वाधार निर्माण गरिदिएका छन् । मलामीहरुलाई खाजा खान सहज होस भनेर बस्ने ठाउँ घर निर्माण गरिदिएको जग्गादाता सूनील गुरुङले बताए ।

‘समाधीस्थ लबनेपछि मलामी खाजा खुवाउन ज्यार्दै समस्या भईरहेको थियो, घाम लाग्दा र पानी परेको समस्या साह्रै समस्या देखेपछि हाम्रो दाजुभाइ खलकमा सल्लाह गरेर स्वर्गीय आफन्तहरुको नाममा आफनो क्षमताले सक्ने भौतिक पूर्वाधार निर्माण गरिदिएका हौं, यसले सबैलाई सहज भएको छ ।’—जग्गादाता गुरुङले भने । 

सूनील गुरुङले ब्यक्तिगत खर्च गरेर १५ हजार रुपैया बराबरको लागतमा एक धारा खानेपानी समेत जडान गरिदिएका छन् । त्यसैगरि मलामीहरुलाई खाजा र चिया पकाउन सजिलो होस् भनेर चिया घर सोही खलकका लिलाबहादुर गुरुङले ब्यक्तिगत ४० हजार रुपैया बराबरको लागतमा निर्माण गरिदिएका छन् । 

हरेलोडाँडामा रहेको गुरुङ जातिको समाधीस्थल प्रायः जसो ब्यस्त नै रहन्छ । सदरमुकाम खाँदबारी र आसपास क्षेत्र गुवाबारी, मानेभञ्जाङ्ग र सेकाहा लगायतका गुरुङहरुको अत्येष्टी गर्न हरेलोडाँडा लाने गरिन्छ । यातायातको समेत सुविधा भएकाले लाश लैजान सजिलो भएको छ । त्यसमाथि अहिले खाजाघर निर्माणभएपछि मलामीहरुलाई समेत सहज भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार