- नविनकला जैरु
संखुवासभा (मकालु) । जिल्लाको मकालु गाउँपालिका वडा नं. ४ कारमाराङमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ ।
शनिबार एक समारोह बीच अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो । मकालु गाउँपालिका वाड नं. ४ का वडा अध्यक्ष बालकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का रहेका थिए । प्रमुख अतिथी प्रजिअ खड्काले प्रहरी पोष्टको व्यानर खोलेर उद्घाटन गरेका थिए।
उद्घाटनका क्रममा प्रजिअ खड्काले सुरक्षा निकाय हाम्रो लागि हो र यसले न्याय सम्पादनमा सहयोग गर्नुका साथै अपराध नियन्त्रण, विपद् व्यवस्थापन र अन्य कामको सहयोगको लागि हो भनेर प्रहरी पोष्ट स्थापना भएको बताए । उनले प्रहरी पोष्ट स्थापनाका लागि प्रयास गर्ने सबै–सबैलाई धन्यवाद दिए ।
यसैक्रममा मकालु गाउँपालिका उपाध्यक्ष मनकला राईले प्रहरी पोष्ट स्थापना गर्न सहयोग पुयाउनेलाई सबैलाई धन्यबाद ज्ञापन गर्दै खुशस् व्यक्त गरिने । उनले प्रहरी पोष्ट स्थापना गर्नुको उद्धेश्य वडा नं. ४ का सम्पूर्ण नागरिकहरुलाई शान्ति सुरक्षालाई सुव्यवस्थित गर्नु, आपतविपत र जोखिम घटाउन, आपराधिक कार्य घटाउनको लागि प्रहरी पोष्ट स्थापना गरिएको बताईन् । सुरक्षाकर्मी र स्थानीय नागरिक बीच सहकार्य गरेर हरेक काम गर्नुपर्नेमा उपाध्यक्ष राईको जोड थियो ।
जिल्ला प्रहरी कार्यलय संखुवासभाका प्रमुख तथा प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले जनताको माग र सरोकारवालाको पहलमा स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गरि अपराध न्यूनिकरण गर्न स्थानीय जनताको शान्ति सुरक्षा, अपराध नियन्त्रण र रोकथामको लागि स्थानीय नागरिकसंग हातेमालो गर्दै प्रभावकारी सेवा प्रवाह गर्नको लागि प्रहरी पोष्ट स्थापना गरिएको भन्दै निर्देशन समेत दिए ।
कार्यक्रममा मकालु–४ ओवाक निवासी नेपाली काँग्रेस वडा उपसभापति दावा तामाङले १० ओटा कुर्सी सहयोग गरेका थिए । सहयोगी दाता तामाङलाई सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले अविर मालाद्धारा सम्मान गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नंं. ४ गुल्म अरुण संखुवासभाका सशस्त्र प्रहरी नायव उपरिक्षक अमर लामा, अरुण तेस्रो जलविद्युत आयोजना सुरक्षा बेश फाक्सिन्दा दोभानका सशस्त्र प्रहरी नायब उपरिक्षक दिपक गुरुङ, इलाका प्रहरी कार्यालय हेदाङनाका प्रहरी निरिक्षक सागर श्रेष्ठ लगायत स्थानीय राजनितिक दलका प्रतिनिधि र स्थानीयबासीहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।
उक्त स्थानमा प्रहरी हवल्दार यामेश्रर धिमालको नेतृत्वमा ५ जनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जानकारी दिएको छ ।
