मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

तीनपोखरी कप :
खाँदबारी रंगशालामा पुस २६ गते देखि तीनपोखरी कप फुटबल हुने

Sankhuwasabhapress 628+ समाचार ( )
२२ पौष २०८०, आइतबार

संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा आगामी पुस २६ देखि तीनपोखरी कप फुटबल प्रतियोगिता हुने भएको छ । 

तीनपोखरी समाज विकास क्लबले प्रथम आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । माघेसंक्रान्तिको अवसरमा पर्यटन प्रर्वधन तथा फुटबल खेलको विकास र खेलाडीको व्यवसायीकरण गर्ने उद्देश्यले फुटबल प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी कोशी प्रदेश पकली, इटहरी फुटबल क्लब, भड्साबारी फुटबल क्लब, हिले फुटबल क्लबसहित १२ टिमको सहभागिता रहने अध्यक्ष मिनेस चापागाईले बताए ।

प्रतियोगिताको बिजयी टिमलाई नगद २ लाख २२ हजार २ सय २२ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उपविजेताले नगद १ लाख ११ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

उक्त प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ । खेल खाँदबारी नगरपालिका–७ स्थित खाँदबारी रंगशालामा हुने जनाइएको छ । प्रतियोगितामा २२ लाख रुपैया अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार