मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

दिगोपनाका लागि खाँदबारी युथ क्लबको सरोकारवालाहरुसंग अन्तरक्रिया

Sankhuwasabhapress 598+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार

संखुवासभा । खाँदबारी युथ क्लबले संखुवासभाको सदरमुकाम खाँदबारीमा ‘दिगोपनाका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम’ आयोजनाको गरेको छ ।

मंगलबार क्लबले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । वि.सं. २०६१ सालमा स्थापना भएको क्लब सामाजिक क्षेत्र अझ क्रियाशिल हुन र संस्थाको थप उन्नयनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । क्लबले विभिन्न सामाजिक कार्य, खेलकुद लगायतका कार्यहरु गरेपनि क्लबलाई व्यवस्थित गर्न नसकिरहेको बेला थप सुदृढीकरणका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको खाँदबारी युथ क्लबका महासचिव सुरेन शाक्यले बताए ।

क्लबको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे, क्लबका पूर्वअध्यक्ष तथा खाँदबारी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष निरन्जन श्रेष्ठ, संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष तथा क्लबका संस्थापक सल्लाहकार कृष्णभगत प्रधान, उद्योग वाणिज्य संघक पूर्वअध्यक्ष तथा सल्लाहकार अनन्तकुमार गौली लगायत स्थापनादेखि हालसम्मका सल्लाहकार तथा पदाधिकारीहरु लगायत स्थानीय उद्योगी व्यवसायीहरुको समेत उपस्थिती रहेको क्लबका सचिव उल्लास विसुन्केले बताए । उनले सो कार्यक्रममा क्लबलाई दिगोपन दिनको लागि सबैले सकेको पहल र सहयोग गनुपर्ने धारणा राखेको बताए ।

हाल क्लबले खाँदबारी १ स्थित पसलटोलमा २ वटा कोठा भाडामा लिएर १ जना कार्यालय सचिव राखि दैनिक रुपमा कार्यालय संचालन गरिरहेको छ । क्लबले कार्यालय संचालन गर्नको लागि विभिन्न दाताको सहयोगमा कार्यालय व्यवस्थापन गरिरहेको जनाएको छ । 

उक्त कार्यक्रममा खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले खाँदबारी नगरपालिकाबाट कार्यालय व्यवस्थापनका लागि ३ लाख बजेट समेत विनियोजन गरिएको जानकारी दिए । 

खाँदबारी बजार क्षेत्रमा क्लबको अगुवाईमा सिसी क्यामेराको व्यवस्थापनको सुरुवात गरेका थियो । केही हप्ता अगाडी अव्यवस्थित रुपमा पोलमा झुण्डिएका र काम नलाग्ने तारहरु क्लबको अगुवाईको व्यवस्थापन गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले समृद्ध खाँदबारीका लागि क्लबले गरेको कामको खुलेर प्रशंसा गरेका थिए भने क्लबलाई व्यवस्थित रुपमा अगाडी बढाउनु सबैको दायित्व रहेको समेत सहभागीहरुले बताएका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रमको अवसर पारेर क्लबको कार्यालय व्यवस्थापन गर्न सहयोगदाताहरु राजु श्रेष्ठ, रोहित कार्की, समिर तामाङ र जापान राईलाई सम्मान गरिएको थियो ।

खाँदबारी युथ क्लबका कार्यवहाक अध्यक्ष मुनुहाङ गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख सुमन शाक्य रहेका थिए । कार्यक्रम क्लबका महासचिव सुरेन शाक्यले संचालन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार