संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–४ का ५२ बर्षीय नरेन्द्रराज राईलाई सामाजिक संजालमा जथाभावी लेखेको आरोपमा पक्राउ परेका छन् ।
राईलाई माघ २५ गते जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरीले पक्राउ गरि काठमाडौं पठाएको छ । उनले सामाजिक संजाल फेसबुक लगायत डिजिटल प्लेटफर्मबा धार्मिक सहिष्णुता माथि आघात पु-याउने तथा घृणा वा द्धेष फैलाउने, विभिन्न जातजाति र सम्प्रदाय बीचको समधुर सम्बन्धलाई खलल् पु-याउने उद्धेश्यले सामग्रीहरु लेखेको पाइएकाले विद्युत्तीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरि मुद्धा दर्ता गरिएको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका उपनिर्देशक दिपकराज अवस्थीले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।
यसअघि पनि सामाजिक संजालमा जथाभावी लेखेको आरोपमा संखुवासभाबाट दुई जना पक्राउ परिसकेका छन् ।
