मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

भूमि :
संखुवासभामा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना

Sankhuwasabhapress 607+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

संखुवासभा । संखुवासभामा भूमि समस्या समाधान आयोगको जिल्ला कार्यालय स्थापना भएको छ ।

बुधबार खाँदबारीस्थित नापी कार्यालयमा भूमि समस्या समाधान आयोगको जिल्ला कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापनासँगै नवनियुक्त भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य नारायण कटुवाल र सदस्य रघुनाथ गिरीलाई आयोगका जिल्ला अध्यक्ष शंकरमान कडेलले सपथ खुवाएका थिए । सदस्य अञ्जली जिमी भने कार्यक्रममा उपस्थित भईनन् । 

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले भूमिहीनहरुको लागि जग्गा ब्यबस्थापन गर्न आग्रह गर्दै समितिले प्रभावकारी र देखिने खालको काम गर्नुपर्ने धारणा राखेका थिए ।

त्यसैगरि संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले आयोगले सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष खड्ग राई र नेपाली कांग्रेसका प्रतिनिधी सल्येन नेपालीले आयोगले वास्तविक भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा आयोगका विज्ञ सदस्य नारायण कटुवाल र सदस्य रघुनाथ गिरीले सरकारले जिम्मेवारी दिएकाले पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । त्यसैगरि कार्यक्रममा भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष शंकरमान कडेलले पहिले भन्दा अहिले सरकारले आयोगलाई शक्ति सम्पन्न बनाएको बताए । पहिले–पहिले सरकार परिवर्तनसँगै आयोग निष्कृय हुने गरेको बताउर्दै अहिले सरकार ढलेपनि आयोग निष्कृय नहुने बताए । 

एक बर्षे कार्यअवधीमा भूमिहीन र सुकुम्बासीहरुको समस्या समाधान गरेरै छोडने अध्यक्ष कडेलले प्रतिबद्धता ब्यक्त गरे । कडेलले यसअघि एक कार्यकाल सदस्य र एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् । 

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी आयोगको जिम्मेवारी रहेको छ । जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गर्ने उद्धेश्यले आयोग गठन भएकाले काम गर्ने आयोगका पदाधिकारीहरुको भनाइ छ ।

संखुवासभामा अध्यक्ष शंकरमान कडेल, विज्ञ सदस्य नारायण कटुवाल, सदस्य रघुनाथ गिरी र अञ्जली जिमी नियुक्त भएका छन् । नेपाली कांग्रेसले अध्यक्ष र एक सदस्य सहित दुई जना र नेकपा एमालेले विज्ञ सदस्य सहित एक सदस्य गरि ४ सदस्यीय आयोगको भागबण्डा सहित राजनैतिक नियुक्त गरि जिल्ला पठाएको हो । आयोगको सदस्य सचिव नापी कार्यालय प्रमुख रहने ब्यबस्था रहेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार