मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

#एकादशी मेला
खाँदबारी नगरपालिकामा एकादशी मेलाको अवसरमा सार्वजनिक विदा

Sankhuwasabhapress 628+ समाचार ( )
२६ कार्तिक २०८१, सोमबार

संखुवासभा । खाँदबारी नगरपालिकाले एकादशी मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ ।

पूर्वको नै प्रसिद्ध खाँदबारी नगरपालिका–९ अरुणनदी किनारमा रहेको मनकामनाधाममा हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने गर्दछ । नगर भित्रको महत्वपूर्ण धार्मिक, साँस्कृतिक तथा पर्यटकीयस्थल भएकाले बर्सेनि नगरपालिकाले सार्वजनिक विदा दिइने गरेको र योबर्ष पनि त्यसैको निरन्तरता भएको मेयर थपलियाले बताए । उनले नगरपालिका मातहतका सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था बिदा रहने बताए ।

खाँदबारी नगरपालिकाका मेयर थपलियाले सोमबार विज्ञप्ती जारी गर्दै हरिबोधनी एकादशीको अवसरमा भोली (मंगलबार) नगरभित्रका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द रहने जनाएको हो । 

हरिबोधनी एकादशीको दिन मनकामना परिसरमा विभिन्न मनोरञ्जनात्मक साँगितिक कार्यक्रमहरुको आयोजना गरिएको छ । ‘एकादशी बजारैमा, फन्के रोटी थालैमा...’बोलको गीतबाट मनकामनाधामका बारेमा संसारभर चिनाएको स्वर्गीय गायक खेमराज गुरुङको नाममा बर्सेनि स्मृति साँझको आयोजना गरिएको छ । यो बर्ष मनकामनामा चर्चित गायक शिव परियार लगायत दर्जनौं चर्चित अनुहारहरुले साँगितिक प्रस्तुती रहेको आयोजक तुम्लिङटार स्र्पोटिङ क्लबले जनाएको छ ।

मनकामना बजार ब्यबस्थापन समितिले बजार झकिझकाउ बनाएको छ भने मनकामनामा साँझपख गंगा आरती समेत हुनेछ । एकादशी मेला भब्य रुपमा सम्पन्न गर्न खाँदबारी नगरपालिकाले विशेष प्रायोजन गरेको जनाएको छ ।

हरिबोधनी एकादशीका दिन मनकामनाधामको दर्शन गर्न भारतका विभिन्न स्थानका साथै र झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुम लगायतका जिल्लाबाट मेला भर्न आउने गरेका छन् । मेलामा संखुवासभा र भोजपुरका विभिन्न क्षेत्रका मानिसहरुको बाक्लो उपस्थिती रहने गर्दछ । ग्रामीण भेगमा यातायातको सुविधा बढेसँगै मेला भर्न दर्शनार्थीहरु बढेको पाइन्छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार