मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

सुकुम्बासी
पाँचखपन नगरपालिकाका २६ सुकुम्बासी घरपरिवारलाई लालपुर्जा बाँडियो

Sankhuwasabhapress 598+ समाचार ( )
९ मंगशिर २०८०, शनिबार

संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिकाका २६ सुकुम्बासी घरपरिवारले जग्गा धनी लालपुर्जा पाएका छन्।

राष्ट्रिय भूमि आयोग संखुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिका भित्रका भूमिहिन दलित तथा सुकुम्बासी घरपरिवारहरुलाई जग्गा उपलब्ध गराएको हो ।

राष्ट्रिय भूमि आयोग संखुवासभाका अध्यक्ष शंकरमान कँडेलको अध्यक्षता तथा संखुवासभाका संघीय सांसद दीपक खड्काको उपस्थितिमा आयोजित एक कार्यक्रम बीच जग्गा धनी लालपुर्जा वितरण गरिएको हो । भूमिहिन तथा सुकुम्बासी छनौटको विभिन्न चरणहरु पार गरेर उनीहरुलाई जग्गा उपलब्ध गराईएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले जानकारी दिए ।

नगर कार्यपालिकाको बैठकले २८ जनाको नाम सिफारिस गरेर पठाएकोमा २ जनाको विवरण माथि थप अध्ययन गर्नुपर्ने भएकाले तत्काल २६ जनालाई मात्र लालपुर्जा वितरण गरिएको नगरप्रमुख राईले जानकारी दिए । बाँकी २ परिवारले पनि जग्गा पाउने वा नपाउने बारेमा छिट्टै टुङ्गो लगाइने नगर प्रमुख राईको भनाइ छ । 

सुकुम्बासीहरुलाई पाँचखपन नगरपालिकाको केन्द्रमा रहेको सरकारी जग्गा उपलब्ध गराइएको हो । पाँचखपन नगरपालिकाको वाना बजारदेखि सभापोखरी गाउँपालिका जाने मुख्य सडक किनारको जग्गा उनीहरुलाई उपलब्ध गराइएको छ । उनीहरुले पाएको जग्गा सम्याएर चाँडै घर निर्माण गर्ने प्रकृया सुरु गरिने नगरपालिकाले जनाएको छ ।

घर निर्माण गर्नको लागि घडेरी सम्याउने र घर निर्माणको लागि समेत नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख राईले प्रतिवद्धता जनाए । ‘ब्यापार ब्यावसाय गरेर पनि जीविका चलाउन सकोस् भनेर बजार क्षेत्रको मुख्य सडक किनारको जग्गा दिएका छौँ, उहाँहरुको घर निर्माण गरि स्वरोजगार बन्न पनि पालिकाले सहयोग गर्छ’, नगर प्रमुख राईले भने ।

भूमिहिन तथा सुकुम्बासीहरु यस अघि आफन्त तथा गाउँलेहरुको जमिनमा आश्रय लिएर बस्दै आएका थिए । अहिले भने उनीहरु करेसाबारी सहित एक घर अट्ने जमिनको मालिक बनेका छन् ।

यसरी प्राप्त भएको जमिन कम्तिमा १० बर्षसम्म विक्रि गर्न नपाउने र त्यसपछि पनि भूमिहिन हुने गरि बेच्न नपाउने ब्यवस्था गरिएको राष्ट्रिय भूमी आयोग संखुवासभाका अध्यक्ष शंकरमान कँडेलले बताए । उनले जिल्लाको अन्य ९ स्थानीय तहहरुमा पनि भूमिहिन तथा सुकुम्बासीहरुको लगत संकलन भईरहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार