मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरूङ
सभापोखरी तरूण दललाई अध्यक्ष गुरूङले दिए धन्यवाद

Sankhuwasabhapress 628+ समाचार ( )
२८ चैत्र २०८०, बुधवार

संखुवासभा । नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरूङले सभापोखरी गाउँपालिका तरुण दल संखुवासभालाई धन्यवाद दिएका छन् । युवाहरुलाई एकतावद्ध गरी रचनात्मक र सिर्जनात्मक कार्यमार्फत बृत्ति विकासमा सघाउ पु–याउने उद्देश्य लिएर महाशिवरात्री र ग्याल्पो ल्होसारको अवरमा खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता र खुल्ला वडा स्तरिय महिला भलिवल प्रतियोगिता भव्य र सभ्य ढंगबाट सम्पन्न गरेकोमा सभापोखरी गाउँपालिका तरुण दललाई अध्यक्ष गुरुङले धन्यवाद दिएका हुन् ।

दलको केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘फागुन २४ गतेबाट सुरु भएको खेलको समापन फागुन २८ गते भएको र खेलमा १९ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगितामा ९ वटा टिम र खुल्ला वडा स्तरिय महिला भलिवल प्रतियोगितामा १० टिम सहभागी रहेको जानकारी पाउँदा खुसी लागेको छ ।’

‘खेल अयोजन गर्न हौसलाका साथै अभिभावकीय भूमिका निर्वाह गर्ने तरुण दल जिल्ला कार्यसमिति संखुवासभा,पार्टीका नेताहरु, प्रतियोगिता सम्पन्न गराउन विभिन्न भूमिकामा रहेर सहयोग गर्नुहुने खेल क्षेत्रका व्यक्तिहरु, खेलाडी साथीहरु, स्वयंमसेवक साथीहरुलाई धन्यवाद व्यक्त गर्दछु’ अध्यक्ष विद्वान गुरुङले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार