मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

पत्रकार महासंघ :
पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति

Sankhuwasabhapress 628+ समाचार ( )
६ अशोज २०८३, मङ्गलबार

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा जलविद्युत् आयोजनासम्बन्धी छलफलका क्रममा समाचार संकलनमा पुगेका पत्रकारलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको घटनाप्रति नेपाल पत्रकार महासंघ संखुवासभा शाखाले आपत्ति जनाएको छ।

नेपाल पत्रकार महासंघ संखुवासभाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ असोज ३ गते शनिबार जिल्ला प्रशासन कार्यालय संखुवासभाको समन्वयमा सिलिचोङ गाउँपालिकामा सञ्चालनमा रहेका संखुवा तल्लो, संखुवा माथिल्लो तथा निर्माणाधीन सिसुवाखोला जलविद्युत् आयोजनासँग सम्बन्धित विषयमा छलफल भइरहेको थियो। सो क्रममा समाचार संकलनमा पुगेका नेपाल पत्रकार महासंघ संखुवासभाका सदस्य तथा नागरिक चासो डटकमका कार्यकारी सम्पादक खेवाहाङ मेवाहाङलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको महासंघले जनाएको छ।

महासंघले पत्रकारले आफ्नो व्यावसायिक जिम्मेवारीअनुसार सार्वजनिक सरोकारका विषयमा समाचार संकलन तथा फोटो–भिडियो गर्न पाउनुपर्ने भन्दै रोक लगाउने कार्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको जनाएको छ।

महासंघले सार्वजनिक जनसरोकारका विषयमा उठेका प्रश्नबारे रिपोर्टिङका लागि खटिएका सञ्चारकर्मीलाई कडा शब्द प्रयोग गर्दै भिडियो खिच्न रोक लगाउनु प्रमुख जिल्ला अधिकारीको पदकीय मर्यादाविपरीतको गतिविधि भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार