मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

संखुवासभाको खाँदबारी बजार अनुगमन

Sankhuwasabhapress 628+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीको बजार अनुगमन गरिएको छ ।

आज बिहीबार जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजनामा खाँदबारी नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, संखुवासभा उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, खाँदबारी १ नम्बर वडा कार्यालय र संचारकर्मीहरुको टोलीले संयुक्त रुपमा बजार अनुगमन गरेको हो । उक्त टोलीले खाद्यान्न बिक्रेताहरुको डिलर पसल तथा ब्याबसायीहरुको गोदामको समेत अनुगमन गरेका थिए । उक्त टोलीले खाँदबारीको मुख्य ४ वटा खाद्यान्न डिलरको अनुगमन गरेको थियो ।

संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जिल्लामा दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिको अवस्था, संचय, गोदाम र म्याद गुज्रेका सामानहरु अवस्थाको बारेमा निरिक्षण गरिएको बताए । ‘सदरमुकाम खाँदबारीमा रहेका मुख्य ४ वटा खाद्यान्न डिलरहरुमा अनुगमन गरिएको हो । त्यसमा तीन वटा डिलरको अवस्था राम्रै भेटियो भने एउटा पसलमा केही म्याद गुज्रेका सामान भेटियो भने पसलमा अवश्यकता अनुसार कागजातहरु नभेटिएको हुदाँ ३ दिन भित्र सम्पूर्ण कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा आउन निर्देशन दिएका छौ ।’—घिमिरेले भने ।

सामान्य त्रुटी गर्नेहरुलाई चेतावनी र निर्देशन दिइन्छ भने गम्भीर त्रुटी भेटिएमा कानुन अनुसार कारबाही गरिने सहायक प्रजिअ घिमिरेको भनाइ छ । 

खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्की र संखुवासभा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष डेगराज बस्नेतले समय–समयमा आवश्यकता अनुसार बजारको अनुगमन गरिनु सवल पक्ष भएको बताए । उनीहरुले यसले उपभोक्ता र ब्यापारी दुवैको हित हुने बताए । 

जिल्लाको सरोकारवाला निकायको उपस्थितीमा बजारको मुख्य पसल तथा डिलरहरुको अनुगमन सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयले सदरमुकाम खाँदबारीका साथै उत्तरी क्षेत्र तर्फको मानेभञ्ज्याङ बजार र दक्षिण तर्फको तुम्लिङटार बजार समेत चाँडै अनुगमन गर्ने प्रशासन कार्यालयले जनाएको छ । 

अखाद्य तथा म्याद गुज्रेको सामान बेच्ने ब्यापारीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहि गरिने प्रशासनको भनाइ छ । अखाद्य भए सामान जफत तथा जरिवाना गर्ने गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार