मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

खाँदबारी नगरपालिका :
खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार

Sankhuwasabhapress 607+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियालाई ९ नम्बरका वडाध्यक्ष विमलराज गौतमले मदिरा सेवन गरि कार्यकक्षामा नै दुर्ब्यवहार गरेका छन् । 

आइतबार दिउँसो करिब ४ बजेतिर मेयर थपलियाको कार्यकक्षामा प्रवेश गरि खाँदबारी नगरपालिका ९ नम्बर वडाका वडाध्यक्ष विमलराज गौतम र सोही वडाका पूर्ववडाध्यक्ष टिकाराम कुमालले मदिराले लठिएको अवस्थामा मेयरमाथि दुर्ब्यवहार गरेका हुन् । मेयरको कार्यकक्षामा छिरेर मनपरी बोल्ने, होहल्ला गर्ने लगायतका विभिन्न भाषाहरु प्रयोग गर्दै कार्यकक्षामा बसिरहेको अवस्थामा हातपात गर्ने प्रयास गरेको मेयर थपलियाले बताए ।

उनीहरु मदिराले मातेको अवस्थामा कार्यकक्षामा छिरेको र विभिन्न खालका कुराहरु गर्न थालेपछि तपाईहरुसँग अर्को दिन फ्रेस भएको अवस्थामा कुरा गर्ने भन्दा पनि जबरजस्ती गर्दै हातपात गर्ने प्रयास गरेको मेयर थपलियाले बताए । 

मदिराले मातेको अवस्थामा मेयर थपलियालाई  गर्न थालेपछि नगरप्रहरी र मेयरका स्वकीय सचिव गोकुल खनालले कार्यकक्षाबाट बाहिर निकाल्ने प्रयास गर्दा समेत नमानेको मेयर थपलियाको भनाइ छ । मदिराको सुरमा होहल्ला गर्ने र हातपात गर्ने प्रयास भएपछि नगर प्रहरीले सम्हाल्न नसकेपछि तुरुन्त प्रहरीलाई फोन गरेर मेयरको कार्यकक्षाबाट बाहिर निकालेका थिए ।

अहिले मदिराले मातेको गौतम र कुमाल जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा रहेका छन् । उनीहरु विरुद्ध मेयर थपलियाले उजुरी दिएका छन् । गत २०७९ को स्थानीय तहको निर्वाचनमा मेयर थपलिया नेपाली कांग्रेसबाट निर्वाचीत हुन् भने वडाध्यक्ष गौतम र कुमाल नेकपा एमालेबाट निर्वाचीत भएका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार