मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी–५ :
माल्टाको अन्तरपालिकास्तरीय महिला भलिवल प्रतियोगिताको आयव्यय सार्वजनिक (भिडियो सहित)

Sankhuwasabhapress 628+ समाचार ( )
२ फाल्गुन २०८१, शुक्रबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–५ माल्टामा आयोजित अन्तरपालिकास्तरीय महिला भलिवल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ ।

बिहिबार पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि आयब्याय सार्वजनिक गरेको हो । गत मंसिर १२ देखि १४ गते सम्म खाँदबारी नगरपालिका–५ माल्टामा अन्तरपालिकास्तरीय खुल्ला महिला भलिवल प्रतियोगिता सञ्चालन गरिएको थियो । 

५ नं. वडा खेलकुद विकास समितिले पत्रकार सम्मेलन मार्फत आयव्यय सार्वजनिक गर्दै प्रतियोगिता संचालन गर्न धेरै दाताहरुबाट सहयोग प्राप्त भएकाले सबै महानुभावहरुमा पारदर्शी बनाउने उद्धेश्यले सार्वजनिक गरिएको खेल संयोजक रमेश काफ्लेले बताए । उनको अनुसार, प्रतियोगितामा १० लाख १२ हजार ८९० रुपैया आम्दानी र ८ लाख ५४ हजार ४७० रुपैया खर्च भएको जनाएको छ । प्रतियोगिताबाट १ लाख ५८ हजार ५१० रुपैयाँ बचत भएको संयोजक काफलेले बताए । उक्त

अन्तरपालिका महिला भलिवल प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने खाँदबारी ५ नंं. वडाका वडाध्यक्ष टंकबहादुर घिमिरेले बताए । उनले आफु पूर्वखेलाडी नै भएकाले खेलकुदको विकासमा सक्दो प्रयास गर्ने बताए । महिला भलिबल प्रतियोगिता संचालनको क्रममा सफलतापुर्वक सञ्चालन गरेकोमा वडा खेलकुद विकास समिति, वडावासी तथा सहयोगी दाताहरुलाई वडाध्यक्ष घिमिरेले धन्यवाद दिए ।  

माल्टाले निकै ठूलो साहस बोकेर अन्तरपालिकास्तरीय महिला भलिवलको आयोजना गरेको वडा खेलकुद विकास समितिका सचिव मदन तामााङ्ले बताए । उनले आगामी बर्ष प्रतियोगिता गर्न अहिले सिकाई भएकाले सहज हुने विश्वास ब्यक्त गरे ।

पत्रकार महासंघ अध्यक्ष कृष्णराज शाक्यले ५ नं. वडा खेलकुद बिकास समितिले जिल्लामा अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिता सफलतापुर्वक सम्पन्न गरि आयब्यय समेत सार्वजनिक गरेकोमा धन्यबाद दिर्दै जिल्लामा संचालन भएका केही ठूला प्रतियोगिता संचालकहरुले समेत पारदर्शी रुपमा आयब्यय सार्वजनिकिकरणमा कन्जुस्याई गर्ने गरेको धारणा राखे ।

भिडियो लिंक.......

https://www.youtube.com/watch?v=qAUm4KP7W2U&t=22s

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार