मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

मकालु गाउँपालिका :
मकालु : अन्तरपालिका भलिवलको उपाधी पाँचखपन नगरपालिकाले जित्यो

Sankhuwasabhapress 628+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

संखुवासभा । जिल्लाको मकालु गाउँपालिकामा जारी अन्तरपालिकास्तरीय भलिवल प्रतियोगिताको उपाधी पाँचखपन नगरपालिकाले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा भोजपुरको षडानन्द नगरपालिकालाई हराउर्दै संखुवासभाको पाँचखपन नगरपालिकाले उपाधी जितेको हो । पाँचखपनले २७–२५, २५–२३ र २५–२२ को सोझो सेट अन्तरमा षडानन्दलाई हराएको हो । छिमेकी पालिका षडानन्द नगरपालिकाले उपविजेतामा नै चित्त बुझाए ।

त्यसैगरि तेस्रो स्थानका संखुवासभाको सभापोखरी र भोटखोला गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियो । सभापोखरीले २५–२२, २५–१३ को सोझो सेटमा भोटखोलालाई हराएका थिए । 

विहीबार देखि शुरू भएको प्रतियोगिताको शनिबार समापन भएको हो । प्रतियोगितामा आयोजक मकालु गाउँपालिका (ए) र (वि) दुई टिम, सभापोखरी, भोटखोला, पाँचखपन र भोजपुरको षडानन्द नगरपालिका गरि ६ टिमको सहभागीता रहेको थियो ।  

प्रतियोगिताको विजेतालाई एक कार्यक्रम बीच मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दीछिरिङ शेर्पाले नगद २ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे । त्यसैगरि उपविजेतालाई नगद १ लाख २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे भने तेस्रो स्थान प्राप्त गर्नेलाई नगद ६० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । त्यसैगरि सान्त्वनालाई नगद ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

मकालु गाउँपालिकाले मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक सम्मेलनको अवसरमा बुधबार देखि आज (शनिबार) सम्म भलिवलका साथै विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । महोत्सवका सबै कार्यक्रम समापन भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार