मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

स्वास्थ्य कार्यालय संखुवासभा :
संखुवासभाका १० जना स्वयंमसेविका सम्मानित

Sankhuwasabhapress 628+ समाचार ( )
२० चैत्र २०८१, बिहीबार
  • सुरेन शाक्य

संखुवासभा । संखुवासभामा १० जना महिला स्वयंमसेविकाहरु सम्मानित भएका छन् । ‘एक पालिका एक उत्कृष्ट’ महिला स्वस्थ्य स्वयंमसेविका सम्मान कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय संखुवासभाले बुधबार १० जना महिला स्वयंमसेविकाहरु सम्मानित गरेको हो ।

जिल्लाका १० पालिकामा रहेका ३२७ जना स्वयमसेविकाहरुबाट छनौट गरि १० जना स्वयंमविकाहरुहरुलाई छनौट गरि सममान गरेको स्वास्थ्य कार्यालय संखुवासभाको कार्यालय प्रमुख नारदमुनि सुवेदीले बताए । स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख सुवेदीले बताए । 

विभिन्न खोप अभियान तथा मातृशिशु स्वास्थ्यको हेरचाहमा सक्रिय भई काम गर्ने उत्कृष्ठ १० जनालाई सम्मान गरिएको उनको भनाइ छ ।

सम्मानित हुनेहरुमा खाँदबारी नगरपालिकाबाट कमला विक, भोटखोला गाउँपालिकाबाट लामु भुटिक शेर्पा, सभापोखरी गाँउपालिकाबाट कुन्ती तामाङ, सिलिचोङ गाँउपालिकाबाट फुल माया राई, मकालु गाँउपालिकाबाट सबिता राई, चिचिला गाँउपलिकाबाट उमा राई, चैनपुर नगरपालिकाबाट पुष्पा कोरङ्गी गुरुङ, धर्मदेवी नगरपालिकाबाट मेनुका गुरुङ लिम्बु, पाचखपन नगरपालिकाबाट भिम कुमारी राई, मादी नगरपालिकाबाट दुर्गदेवी खत्री सम्मानित भएको स्वास्थ्य कार्यालय संखुवासभाका फोकल पर्शन भवानी तिम्सिनाले बताइन् ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिती प्रमुख सुमन शाक्य, कार्यक्रमको अध्यक्ष तथा स्वास्थ्य कार्यालयका प्रमुख नारदमुनि सुवेदी, स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका फोकल पर्शन तुलशा अधिकारीले जनही नगद १२ हजार, प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए ।

सो अवसरमा कार्यक्रमको प्रमुख अतिथि सुमन शाक्यले सम्मानित स्वयम सेविकाहरुलाई बधाईको साथै यस कार्यक्रमले स्वयम सेविकाहरुमा हौसला प्रदान गरेको र आगामी दिनमा पनि स्वास्थ क्षेत्रमा यसरी नै समुदाय स्तरमामा योगदन दिनुहुनेछ भन्दै सम्मान गर्न पाउदा खुशीको अनुभुति भएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार