मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

सम्पादकीय :
तीजको लहर आयो, बरी लै...

Sankhuwasabhapress 628+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

नेपाली महिलाहरुको महत्वपूर्ण हरितालिका यहि भदौ १० गते छ । तीजको करिब दुई हप्ता भन्दा अगाडी देखि नै तीज मनाउने कार्यक्रम निरन्तर चलिरहेको छ । नेपालको चाडपर्वहरूमध्ये तीज महिलाहरूको लागि विशेष महत्व बोकेको पर्व हो । यस बर्ष भदौ १० गतेको तीज पर्वमा विभिन्न कार्यक्रमका साथ मनाइने गरिन्छ । तीज केवल नाचगान, हरितालिका व्रत वा रातो पहिरनमै सीमित छैन, यसमा संस्कार, विश्वास, आत्मबल र सामाजिक सन्देश गहिराईले जोडिएका छन्।

खाँस गरि हिन्दु धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले घोर तपस्या गर्दा पनि फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिई निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थालेको किम्दन्ती रहेको छ ।

आजभोली तीजलाई फुर्सद, मनोरञ्जन र भेटघाटको पर्वका रूपमा पनि लिइन्छ। शहर बजारमा तीजका गीत गुन्जिन्छन्, महिलाहरू उत्साहका साथ रातो लुगा र गहना सजेर नाचगानमा रमाइरहेका हुन्छन्। यो परिवेशले महिलाको सामूहिकता, आत्मीयता र सांस्कृतिक पहिचानलाई बलियो बनाउँछ।

तर, तीजको सार केवल बाहिरी चमकधमकमा सीमित छैन। यसको गहिरो अर्थ छ—स्त्रीको आत्मबल, श्रद्धा र संस्कार। हरितालिका व्रतले श्रद्धा, संयम र समर्पण सिकाउँछ। पुराना पिँढीका महिलाले व्रत बस्दा गरेको श्रद्धाभाव र आत्मबलले नयाँ पुस्तालाई पनि परम्पराको महत्व सम्झाउँछ।

यद्यपि आजको परिवेशमा तीजलाई केही गलत ढंगले पनि व्याख्या गर्ने प्रयास भइरहेको छ। अनावश्यक खर्च, अतिरञ्जित प्रदर्शन र केवल मनोरञ्जनको रूपमा मात्र हेर्ने प्रवृत्ति बढ्दै गएको छ। यसले चाडको मौलिकता हराउने खतरा रहन्छ। तीजलाई अवसरवाद वा केवल देखावटी पर्व होइन, सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न आवश्यक छ।

तेस्रो पक्षमा, तीज आज महिला अधिकार, समानता र स्वतन्त्रताको सन्देश दिने एउटा प्लेटफर्म बनेको छ। आधुनिक तीजका गीतहरूले महिलाको पीडा, अधिकार र समानताको स्वरलाई उजागर गरेका छन्। यसरी हेर्दा तीज केवल धार्मिक अनुष्ठान नभई सामाजिक परिवर्तनको पनि आधार बन्न सक्छ।

अन्त्यमा, तीजलाई देखावा गर्ने भन्दा आत्मबाट स्वीकार गरेर महत्वपूर्ण हरितालिका तीज पर्वको रुपमा मनाऔं ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार