मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

क्यान्सर रोग
अर्बुद रोग निवारण संस्था संखुवासभा शाखाको २२ औ जिल्ला सभा सम्पन्न

Sankhuwasabhapress 607+ समाचार ( )
२८ मंगशिर २०८०, बिहीबार

संखुवासभा । नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा संखुवासभाको २२ औ जिल्ला सभा मंगलबार खाँदबारीमा सम्पन्न भएको छ ।

शाखा अध्यक्ष कृष्णराज शाक्यको सभापतित्व तथा नेपाल पत्रकार महासंघ शाखा संखुवासभाका अध्यक्ष इन्द्र गिरीको प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएको हो । 

जिल्ला सभालाई सम्बोधन गर्दै नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति रुद्रनाथ दाहालले पछिल्लो समय नेपालमा क्यान्सर रोग तीब्र गतिमा फैलँदै गएकाले सुर्तीजन्य, पदार्थ सेवन, मध्यपान धुम्रपान लगायत बिषादी प्रयोगको बिषयमा जनचेतना जगाउन आवश्यक भएको धारणा राखेका थिए ।  

कार्यकममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष लोकदर्शन शाक्यले धुम्रपान मध्यपान र सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन जनचेतनामुलक कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिए । 

यसैबिच अर्बुद रोग निवारणको क्षेत्रमा लामो समय कृयाशिल मेनुका श्रेष्ठले क्यान्सर रोगलाई प्राणघातक रोगका रुपमा लिने गरिएपनि समयमै उपचार गरिए पूर्ण रुपले निको पार्न सकिने रोग भएको धारणा राखे । उनले स्थानीय तहसंगको सहकार्यमा जिल्लाका ग्रामीण क्षेत्रसम्म क्यान्सर रोग विरुद्ध जनचेतना फैलाउन संस्थाले भुमिका खेल्नुपर्ने सुझाव दिइन् । 

कार्यकमका प्रमुख अतिथी पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरीले अर्बुद रोग निवारण संस्था संखुवासभाले क्यान्सर रोग र यसको न्युनीकरणका लागि खेलेको जनचेतनामुलक भुमिका प्रशंसनीय रहेको बताए । उनले नियमित स्वास्थ्य परिक्षण, सुर्तीजन्य पदार्थको बहिस्करण, बिषादी रहित खानपीन र नियमित ब्यायाम नै क्यान्सर रोगबाट बच्ने उपाय भएकोमा जोड दिएका थिए । 

नेपाल अर्बुद रोग निवारण संस्थाका जिल्ला सचिब निरञ्जन श्रेष्ठले संचालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अर्बुद रोग निवारण संस्थाका जिल्ला अध्यक्ष कृष्णराज शाक्यले नेपालमा क्यान्सर रोगका कारण बर्सेनि २७ हजार बढिले ज्यान गुमाएको आँकडा प्रस्तुत गरेका थिए । 

अध्यक्ष शाक्यले समयमा उपचार पाएको खण्डमा ७० प्रतिशत क्यान्सर रोग निको हुने तथ्याङ्क रहेको बताए । 

अर्बुद रोग निवारण संस्थाका जिल्ला उपाध्यक्ष अनुपयुश शाक्यले जिल्लासभामा उपस्थित प्रमुख अतिथी, बिशिष्ठ अतिथी, संस्थाका पदाधिकारी, कार्य समिति सदस्य लगायत उपस्थित महानुभावहरुलाई स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार