मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |
मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |


एन्टिबायोटिकको असर सुस्त रुपमा मानव शरिरमा फैलिदैं

Sankhuwasabhapress 607+ समाचार ( )
२६ अशोज २०८०, शुक्रबार

संखुवासभा । एन्टिबायोटिक औषधीको जथाभावी ढंगले प्रयोग हुदाँ मानव शरिरमा असर देखिन थालेको पाइएको छ । 

अधिकाँस मानिसहरुले सामान्य दुखाई हुदाँ समेत एन्टिबायोजिक औषधी आफु खुशी खाने गर्नाले त्यो जोखिम बढ्र्दै गएको चिकित्सकहरुले बताएका छन् । सोमबार खाँदबारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र यूएसएआईडी एमबाप्सको सहयोगमा आयोजित कार्यक्रममा चिकित्सकहरुले यस्तो जानकारी दिएका हुन् ।

एन्टिबायोटिकको दुरुपयोगले जनस्वास्थ्यमा गम्भिर चुनौती ल्याएको तथ्याङक सार्वजनिक गरिएको छ । एन्टिबायोटिकले काम नगर्दा विभिन्न ब्याक्टेरियाबाट हुने संक्रामक रोगको उपचारमा समस्या देखिन थालेको बताइएको छ । विश्वमा बनेका एन्टिबायोटिक औषधी पुरानो भएकाले त्यसमा मानव स्वास्थ्य काम नगर्ने गरेको चिकित्सकहरु बताउँछन् । अस्पतालहरुमा चिकित्सकहरुले एन्टिबायोटिक औषधीहरु बिरामीहरुलाई दिने गरेको तर त्यसमध्ये कुनै औषधीले काम नै नगरेको गरेको पाइएको चिकित्सकहरुको भनाइ छ ।

संखुवासभा जिल्ला क्रियाशिल पत्रकारहरुसँग गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्र्दै सिनियर टेक्निकल एडभाइजर एन्टिमाइक्रोबियल रेसिस्टेन्स डाक्टर सन्तोष दुलालले जथाभावी बढ्दै गएको एन्टिबायोटिकको सेवनले एन्टिबायोटिकहरु प्रभाव विहिन हुँदै गएको बताए । उनले सामान्य स्वास्थ्य समस्याहरुमा क्लिनिकल र प्रयोगशाला परीक्षण दिना एन्टिबायोटिकको सेवन, समय अवधि सम्म पूर्ण मात्रा एन्टिबायोटिक नखानु, कम गुणस्तरका एन्टिबायोटिकको प्रयोग, जस्ता थुप्रै समस्याले गर्दा एन्टिबायोटिक प्रभाव विहिन“ बन्न पुगेको दाबी गरे । उनले मनपरी रुपमा हुने गरेको सेवनले मानिस, वातावरण र जनावरको स्वास्थ्यमा गम्भिर असर पर्न थालेको भन्दै यस क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेको समेत बताएका थिए ।

सन् २०३० सम्ममा एन्टिमाइक्रोबियल रेजिस्टेन्सले २ करोड ४० लाख मानिसलाई चरम गरिबीमा धकेल्ने अनुमान गरिएको छ । ब्याक्टेरियाबाट हुने संक्रमणको उपचारमा एन्टिबायोटिक प्रयोग गरिन्छ, उनले भने, यसको जथाभाबी दुरुपयोगले गर्नुपर्ने काम गर्न छाडेको छ । चिकित्सकको सिफारिस बिना सिधे पसलबाट किनेर खाने, पुरा मात्रा सेवन नगर्ने कारणले शरीरमा एन्टिबायोटिकले काम नगरेर रेसिस्ट भएको अवस्था छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओले पनि एन्टिबायोटिक, रेसिस्टेन्सलाई दस चुनौतीभित्र राखेको छ ।

कार्यक्रममा डाक्टर विविका श्रेष्ठले लैंगिक असमानताको प्रभावमा एएमआरका बारेमा जानकारी गराएकी थिईन् । जिल्ला अस्पतालका फार्मेसिस्ट धीरज रौनीयारले विभिन्न कारका औषधी र ऐनको बारेमा जानकारी गराएका थिए। एन्टिमाइक्रोबियल रेसिस्टेन्सको रोकथाम र संचारकर्मीको भूमिकाको बारेमा अर्जुन अधिकारीले प्रस्ट्याएका थिए । 

कार्यक्रममा हालसम्म ४ सय भन्दा बढि पत्रकारहरुलाई एन्टिबायोटिक रेसिस्टेन्सका बारेमा जानकारी दिईसकेको जानकारी दिइयो । सुगम ठाउँमा भन्दा दुर्गम हिमाली जिल्ला संखुवासभा र जुम्लालाई लक्षित गरि यो कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

कार्यक्रममा खाँदवारी नगरपालिकाका प्रमुख महेश थपलियाले एन्टिबायोटिकको प्रयोग गर्न नजान्दा बिरामीले ज्यानै गुमाउनु पर्ने समस्यालाई न्यूनीक गर्नु पर्नेमा जोड दिए । उनले सहभागीहरु विकारहरुलाई प्रमाणपत्र पनि वितरण गरे । 

कार्यक्रममा स्वास्थ्य कार्यालय संखुवासभा प्रमुख नारदमुनी सुवेदीले एन्टिबायोटिकको प्रयोगले मानव जीवनमा पारेको असर बारेमा संचारमाध्यम र पत्रपत्रिकाको माध्यमद्धारा आममानिहरुलाईजानकारी दिनुपर्ने धारणा राखे ।कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कार्यक्रम फोकल पर्सन राजकुमार पाण्डेले संचालन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार