मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

कोशी प्रदेश :
१४ वटै जिल्लामा भेटेरिनरी अस्पताल निर्माण गरिने, कटारी अस्पताललाई १५ बेडबाट ५० बेड क्षमताको बनाइने

Sankhuwasabhapress 628+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

विराटनगर । कोशी प्रदेश सरकारले उदयपुरको १५ बेड क्षमताको कटारी अस्पताललाई स्तरोन्नति गर्दै ५० बेड क्षमताको बनाउने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

मदन भण्डारी राजमार्ग र सिद्धिचरण राजमार्गमा पर्ने उक्त अस्पतालको स्तरवृद्धी गर्न स्थानीयले माग गर्दै आएका थिए । उक्त अस्पतालमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सप्तरी र सिरहाका आधाजसो मानिसले सेवा लिन आउने गरेको कृषि मन्त्री रामकुमार खत्रीले जानकारी दिए । यसैबीच मन्त्रीपरिषद बैठकले इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ।

‘पशुपालन व्यवसायलाई निर्वाहमुखीबाट व्यवसायीकीकरण गरी दूध, अण्डा, मासु, उन लगायतका पशुजन्य पदार्थको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन एवम् निर्यात गर्न सक्ने चरणमा पु¥याउने उद्देश्यका विज्ञ केन्द्र तथा अस्पताल निर्माण गर्ने निर्णय गरिएको हो,’ मन्त्री खत्रीले भने, ‘खोरेत, पिपिआर, स्वाइन फिवर, रानीखेत, एचएसबिक्यू लगायतका रोगबाट मुक्त कोशी प्रदेश बनाउने महत्वकांक्षी योजना हामीले बनाएका हौं ।’

उद्योग कृषि तथा सहकारी मन्त्रालयले स्थानीय सरकारसँग हातेमालो गर्दै संघीय सरकार समेतको सहकार्यमा कोशी प्रदेशमा गाई, भैंसी, भेडा, बाख्रा, बंगुर, कुखुरा, याक, नाक, चौरी लगायतका पशु पंक्षीको उत्पादन र उत्पादकत्व बढाउने, स्वरोजगार बढाउने, आयात प्रतिस्थापन गर्ने, निर्यात बढाउन पशु सेवा, पशु स्वास्थ्य, नश्ल सुधार, घाँस उत्पादन क्षेत्र किसानलाई विज्ञ केन्द्र र अस्पतालले सहयोग गर्ने जनाएको छ । ‘नयाँ प्रविधि किसानको गोठमा पु¥याउन, किसानका समस्या अनुसन्धान केन्द्र र सरकारसम्म पु¥याउन सहज होस् भनेर कोशी प्रदेशका १४ जिल्लामै कार्यालय स्थापना गरिने भएको हो’, मन्त्री खत्रीले भने ।

यसअघि कोशीका इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्ला भेटेरिनरी अस्पतालबिहीन थिए । प्रदेश स्थापनाको ६ वर्षको अवधिमा भेटेरिनरी सेवालाई पूर्णता दिन आफूहरु सफल भएको मन्त्री खत्रीले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार