तारामान गुरुङ, संखुवासभाको मकालु गाउँपालिका–२ सेदुवामा जन्मनुभएको हो । सानै उमेरमा प्रधानपञ्च हुर्दै नेपाली काँग्रेसको संखुवासभामा एक कार्यकाल जिल्ला सदस्य, अर्को पटक जिल्ला सचिव हुदैं ४ पटक जिल्ला सभापति बनेर काँग्रेसको नेतृत्व गर्नुका साथै जिल्लाभर संगठन बढाए । वि.सं. २०७० सालमा संखुवासभा क्षेत्र नं. १ बाट साँसदमा निर्वाचीत भई ७ महिना १५ दिन स्वास्थ्य राज्यमन्त्रीको नेतृत्व समेत सम्हाले । जिल्लाबाट नै पहिलो पटक नेपाली काँग्रेसको निर्वाचीत केन्द्रीय सदस्य बन्न सफल भए । अहिले नेपाली काँग्रेसको १४ औं महाधिबेसनबाट केन्द्रीय सदस्यमा निर्वाचीत बनेका गुरुङसँग संखुवासभा एक्सप्रेस साप्ताहिकका सम्पादक नवीन गुरुङले गरेको कुराकानीको सार अंश :
१. कार्यक्रममा स्वागत छ ?
—धन्यवाद ।
२. तपाई नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ, अहिले संखुवासभा आउनुको कारण पार्टीको कामले की ब्यक्तिगत कामको सिलसिलामा आउनुभयो ?
—म यहि जिल्लाको जिल्लावासी भएको हुदाँ मेरो घरब्यबहार सबै यही भएकोले ब्यक्तिगत काम पनि हुने र पार्टी एउटा कार्यकर्ता भएको हुनाले जिल्ला आउँदा नेता तथा कार्यकर्ता, जनप्रतिनिधी, कर्मचारी, पत्रकार लगायत सम्पूर्ण साथीभाइहरुसँग भेटघाट गर्ने, दुःखसुखका कुराहरु आदानप्रदान गर्ने उद्धेश्यले जिल्ला आएको हो ।
३. तपाई ०७० सालमा निर्वाचीत साँसद, त्यसलगत्तै राज्यमन्त्री जिम्मेवारी सम्हाल्नुभयो भने पार्टीको केन्द्रीय सदस्यमा निर्वाचीत बन्नुभयो, आफूलाई कसरी मूल्याङकन गर्नुहुन्छ ?
—म विद्यार्थीकाल देखि नै राजनीतिमा आबद्ध हुदैं आए । आमाको प्रेरणाबाट राजनीतिमा होमिए । त्यसपछि गाउँकै अग्रज नेता राईबहादुर राई लगायतका नेताहरुको संगतबाट राजनीतिमा लागे । त्यसपछि नेपाली काँग्रेस एक कार्यकाल जिल्ला सदस्य र अर्को पटक जिल्ला सचिव बने । त्यसपछि लगातार रुपमा ४ पटक जिल्ला सभापति भएर पार्टीको नेतृत्व सम्हाले । त्यसपछि ०७० सालमा पार्टीले उम्मेदवारको लागि टिकट दियो । मलाई पार्टीको टिकट दिएपछि जनतालाई ढाटेर होइन, जनताको भावना र मर्म बुझेर समग्र जिल्लालाई फाइदा हुने चुनाव एजेन्डा बनाउनुपर्छ भनेर पार्टीभित्रका बद्धिजिवी, आमकार्यकर्ता दाजुभाइ तथा दिदिबैनी सबैसँग सरसल्लाह गरे । सोही अनुसार घोषणा पत्र गरि चुनावमा होमिए । हामीले गर्न सक्ने हैसियतका योजनामा मात्रै अगाडी बढाए । त्यसमा हराएको अरुण तेस्रो जसरी पनि खोजेर ल्याउने प्रतिबद्धता थियो, अरुण तेस्रो हराउनुमा नेकपा एमालेले तत्कालीन समयमा विश्व बैंकलाई पत्र पठाएर रोकेका थिए । पछि हाम्रो पालामा ल्याएर नै छोडियो अहिले ८० प्रतिशत भन्दा बढि काम भईसकेको छ । कसलाई फाइदा बेफाइदा भन्दा पनि मुलुकको लागि यति ठूलो प्रोजेक्ट बन्र्दैछ पक्कै फाइदा नै भएको छ भन्ने लाग्छ । संखुवासभाको सदरमुकाममा रहेको जिल्ला अस्पताल १५ शैयाको मात्रै थियो, त्यसलाई ५० शैयाको स्वीकृती गराएर पनि अहिले निर्माणधीन अवस्थामा रहेको छ । म स्वस्थ्यराज्यमन्त्री हुदाँ ७ महिना १५ दिन काम गरे, त्यो समयमा रातारात ५० शैया स्वीकृत गराए । त्यसैगरि अर्को तुम्लिङ्गटार एयरर्पोट पिच थिएन, त्यसलाई हाम्रै पालामा पिच गरियो । अहिले ७२ सिट हवाइजहाज चलिरहेको छ । त्यसैगरि अर्को उपलब्धी भनेको लेगवा—तुम्लिङ्गटार सडक कालोपत्रे गर्ने अर्को योजना थियो, त्यो सफल भैयों । त्यसपछि अर्को योजना भनेको हेलुवावेसी—देखि सिलिचोङ ताम्कु जाने सडकको ट्रयाक ओपन गर्ने थियो । त्यो सडक दुम्भा भीर फोडेर ट्रयाक ओपन गरेर सडक पु¥याउने काम गरियो । त्यसपछि खाँदबारी देखि बरुण सम्म सडक पिच गर्ने र त्यसभन्दा माथि किमाथांका सम्मको सडकको ट्रयाक ओपन गर्ने घोषणापत्रमा राखिएको थियो । त्यो सबै काम क्रमशः हुदैछ । हाम्रो पालाा उठाएको एजेन्डाहरु पूरा भएको र केही हुर्दै गएको महशुस हुन्छ ।
त्यही समयमा हामी संविधानसभा सदस्य र ब्यबस्थापिका साँसदको समेत काम गदथ्यौं । ब्यबस्थापिका साँसदमा म कृषि तथा जलस्रोत विकास समितिको सदस्य थिए । त्यही समयमा अरुण तेस्रो खोजेर ल्याई कार्यन्वयन गरियो भने । अरुण नदीमा मात्रै ५ वटा प्रोजेक्टहरु किमाथांका अरुण, अपरअरुण, अरुण४, अरुणतेस्रो र तल्लोअरुण पाइपलाइनमा हालिएको हो । बिस्तारै काम हुदैंछ । त्यहीं समयमा चतरा—लेगुवा—तुम्लिङ्गटार सडक खोल्ने भनेर सर्भे गरियो । अहिले त्यहाँ ८० करोड रुपैया बजेट विनियोजन भएको छ । अब काम हुन्छ । मैले मेरो कार्यकालमा जनतासँग नजिक रहेर काम गरे र सकेको योजनाहरु पूरा गराए भन्ने लाग्छ ।
४. संखुवासभाको समग्र विकास निर्माणका लागि कुन–कुन क्षेत्रमा के गर्नु पर्छ जस्तो लाग्छ?
सबैभन्दा पहिले घर–घर, टोल–टोल सम्म मोटरबाटो पु¥याउनुपर्छ । प्रत्येकको घरमा बिजुली बत्ती पु-याउनुपर्छ, प्रत्येकको घरमा खानेपानी पु¥याउनुपर्छ । स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गर्नुपर्छ । हरेक गाउँटोलमा शिक्षा र स्वास्थ्य कार्यालय स्थापना गर्नुपर्छ । प्रत्येक नागरिक सुरक्षित रहन सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । बनजंगलको संरक्षण गर्नुपर्छ, तब मात्रै स्वच्छ र स्वस्थ्य भएर बन्न सकिन्छ ।
५. अहिले तपाई विभिन्न कार्यक्रममा गाउँघर सम्म पुग्नुहुदाँ ०७० सालमा साँसदको उम्मेदवार बन्दाको घोषणापत्र अनुसार काम भएको पाउनुहुन्छ ?
मेरो घोषणापत्रमा मानिसहरुको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी, सुरक्षा र पूर्वाधार विकास लगायतको एजेन्डाहरु थिए । जुन कार्यन्वयन भईरहेको छ । केही साना कुराहरु भएनन् होला सबै अन्य सबै पूरा भएको छ । कतिपय हामीले नीतिगत रुपमा ब्यबस्था गरेका थियौं ति सबै लागु हुन सकेका छैनन् भने कतिपय हुदैछन् । जस्तै—जिल्लाको ताम्कु, चैनपुर, नुम र वानामा एमबिबिएस डाक्टर सहितको प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको छ । प्रत्येक पालिका ५ देखि १५ बेड सम्म आधारभूत अस्पतालको अवधारणा अहिले लागु हुदैछ । स्वास्थ्य बीमा अहिले अनिवार्य जस्तै गरि लागुभएको छ । आममानिसहरु सेवा पाउनुभएको छ । ठुलो रोगहरु लागेका मानिसहरुलाई सुविधा दिने भनेर नीतिगत ब्यबस्था अहिले सम्म लागु भइरहेको छ । हाम्रो पालामा स्वास्थ्य क्षेत्रमा ७ वटा विद्येयक पास गरेपछि अहिले सम्म कुनै विद्येयक पास भएको छैन् । त्यही विद्येयक अनुसार काम भईरहेको छ ।
६. नेपाली काँग्रेस मुलुकको ठूलो दल र अहिले सत्ता समेत छ तर, मुलुकमा भष्ट्रचार र कुशासन बढेको प्रति आमनागरिकको गुनासो छ ?
नेपालमा भष्ट्रचार र कुशासन बढेको छ । यो शतप्रतिशत जनताको गुनासो हुनु स्वाभाविकै छ । यहाँ ढाँटने कुरा छैन् सबै जनताहरुले देखि रहनुभएको छ । अहिले नेता भन्दा जनताहरु बाठा भईसकेका छन्, सबैको घर–घरमा डिग्री र पिएचडी गर्नेहरु छन् । केन्द्र देखि तल्लो तहसम्म नेताहरु, जनप्रतिनिधीहरु सबै भष्टचारमा लिप्छ छन् । केही ब्यक्ति बाहेक कोही पनि चोखौ छैनन् ।
हामी पञ्चायतको विरुद्धमा लागेर बहुदल ल्यायौं । यो मुलुकमा संविधान ल्यायौं । परिवर्तन भएपनि नेताहरुको स्वाभाव परिवर्तन भएन त्यसैले अखडा बनेको देखिन्छ । जनप्रतिनिधी र जनताहरु नङ्ग र मासुको जस्तै सम्बन्ध हुनुपर्ने हो । तर, केही नगरपालिका र गाउँपालिका बाहेक अधिकाँस पालिकाहरुमा त्यस्तो स्थिती छैन् । अहिले गाउँपालिका अध्यक्षहरु, नगरपालिकाका मेयरहरु पञ्चायतको समयमा प्रधानपञ्चहरु जस्तो गरेर हिडेको देखेको छु, पञ्चायतको हुकुमी शैली देख्छु त्यो राम्रो कुरा होइन् । जनताहरु निराश बनेका छन् । कतिपय पालिकाहरुमा राम्रा काम गरेका कारण जनप्रतिनिधीहरु दोहोरिएर काम गरिरहनु भएको छ तर सबै पालिकामा त्यो छैन् । राम्रो काम गर्नेलाई नेतालाई जनताले मायाँ गर्छन् । त्यसैले दोहोरिनु भएको छ ।
७. मुलुकमा भष्टचार र कुशासन बढेको सवैलाई थाहा छ, अब न्यूनीकरण गर्नु के गर्नु पर्ला?
मुलुकमा भष्टचार र कुशासन बढेको छ । यसको न्यूनीकरण गर्नका लागि भष्टचार र कुशासन नगर्ने पार्टी र ब्यक्तिलाई नेतृत्व पु¥याउनुपर्छ । जसले भष्टचार र कुशासन न्यूनीकरण गर्ने क्षमता राख्छ, उसलाई नेतृत्वमा पु¥याउनुपर्छ, जबरस्ती नेतृत्व थोपरेर हुदैन् । हिजो विभिन्न कारणले गल्ती भयो, जनताहरु पनि मासु चिउरामा बिके होलान्, म सबै देशविदेशमा रहने महानुभावहरुलाई निपष्क्ष र स्वच्छ, इमानदार ब्यक्तिलाई नेतृत्वमा पु¥याउनुपर्छ भनेर आग्रह गर्दछु । होइन भने नेपाली काँग्रेसको नेतृत्वमा संविधान ल्याएपनि संविधानले ब्यबस्था गरेअनुसार सुविधाहरु नेपाली नागरिकहरु पाउन सकेको छैन् । संविधानमा शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्छ भनेर लेखिएको छ तर वर्तमान जनप्रतिनिधी र सरकारले कार्यन्वयनमा ल्याउन सकेको छैन् । के काम भयो त ? जनताले पायो त ? यसरी नै मुलुक बिग्रदै जाने हो भने अबको केही बर्ष बुणपाका र बालबालिकाको मात्रै देश हुन्छ, युवा जति सबै विदेश पलायन हुनेछन् । ति युवाहरुलाई रोकेर देशको विकास र समृद्धिमा लाग्नुपर्छ, तब मात्रै परिवर्तन संम्भव छ ।
८. तपाई पार्टीको केन्द्रीय सदस्य पनि हुनुभएको हुदाँ काँग्रेसको गतिविधी भईरहेको छ ? के काँग्रेस आन्तरिक गुटबन्दी र द्धन्द्धमा फसेको हो ?
नेपाली काँग्रेसलाई हेर्ने मानिसहरुको आ–आफ्नो दृष्टिकोण हुन्छ । बाहिरबाट सरसर्ती हेर्दा आन्तरिक गुटबन्दी, द्धन्द्ध र झगडामा फसेको जस्तो देखिन्छ । तर, वास्तवमा त्यस्तो होइन् यो आन्तरिक प्रतिस्पर्धा हो । आन्तरिक प्रतिस्पर्धामा जो सक्षम हुन्छ, उसले मात्रै नेतृत्व गर्न सक्छ । आन्तरिक रुपमा नेतृत्व गर्न नसक्ने मानिसले देशको नेतृत्व नै गर्न सक्दैन् । आन्तरिक रुपमा सकेसम्म प्रतिस्पर्धा हुनुपर्छ । नत्र त एकतन्त्रीय शासन जस्तो हुन्छ, त्यसो नगर्ने हो भने त सधै एकैजना मात्र नेतृत्वमा पुग्ने भए । हामीले किन १०४ बर्षे राणाशासन फयाक्नु पथ्यौं र किन ३० बर्षे राजा शासन फयाक्नुपथ्यौं, त्यसैले परिवर्तन खोजेको हो । प्रतिस्पर्धा भने आन्तरिक लोकतन्त्र हो जुन सबैले स्वीकार्नुपर्छ । काँग्रेसको गतिविधीहरु अहिले राष्ट्रिय सभा तर्फ केन्द्रित भएकाले पार्टीका बैठकहरु पछाडी धकेलिरहेको अवस्था छ ।
९. राष्ट्रिय सभाको निर्वाचन नजिकीदै छ, तपाईको संम्भावना कस्तो छ ?
पार्टीमा म भन्दा धेरै सिनियर नेताहरु धेरै जना हुनुहुन्छ । तर, पनि मेरो बिषयमा हेर्दा पार्टी संगठन गरेको, दुःख गरेको नेता, ठेक्का पटटा केही नगर्ने सिधा जनताको मात्रै काम गर्ने र ४÷४ पटक जिल्लासभापति बन्ने यो प्रदेशका १४ जिल्ला भित्र म मात्रै छु । स्वस्थ्यराज्यमन्त्रीको समेत अनुभव लिईसकेको छु र हाल केन्द्रीय सदस्य पनि भएको हुदाँ राष्ट्रिय सभा सदस्यमा मेरो पनि इच्छा छ, तर त्यो माथि पार्टी छ । यदि पार्टीले मूल्याङकन गरेर सिफारिस ग¥यो भने मैले नाँइ भन्न पनि सक्दिन र खुशी भएर उफ्रिने पनि काम छैन् । संविधान कार्यन्वयन गर्ने पक्षमा र नीतिगत कानुन बनाउने कुरा म सधैं तप्पर रहनेछु ।
१०. नयाँ पार्टीहरुको उदय भइरहँदा पूराना विरासत बोकेको ठूला पार्टीहरुले अब आफू कसरी परिवर्तन गर्नुपर्छ होला जस्तो लाग्छ ?
नेता परिवर्तन भएन भने नेतालाई परिवर्तन गर्ने जिम्मेवारी हामी कार्यकर्ताहरुको हो । त्यसैले जनताले समाजले चाहेको अनुसार नेताले काम गर्न सक्दैन भने त्यो नेतृत्व स्वीकार्य हुदैन । जनतालाई ढाटनु हुदैन, काम गरेर नै देखाउँनुपर्छ तब मात्रै जनताले पत्याउँछन् । त्यसैले नेता परिर्वतन हुदैन, नेतृत्वलाई परिवर्तन गरेर लैजानुपर्छ ।
११. नेपाली काँग्रेस संखुवासभाका सभापतिले राजिनामा दिनुभएको अवस्था छ, तपाई केन्द्रीय सदस्य हुनुभएको हुदाँ पार्टीको गतिविधीलाई कसरी हेरिरहनुभएको छ ?
संखुवासभा जिल्लामा काँग्रेस संगठन बिग्रिएको छैन, नेतृत्वमा बिग्रिएको छ । पार्टीले सभापति राजिनामा दिनुभएको कुरा सामाजिक सञ्जाल मार्फत थाहा पाए, त्यो दिन म सुदुरपश्चिमको धनगढीमा पार्टीको कार्यक्रममा थिए । सभापतिले राजिनामा किन दिनुभयो त्यो मलाई थाहा छैन, म सँग त्यो बिषयमा कुराकानी पनि भएन । पार्टीको हिसाबले त म केन्द्रीय सदस्य हुँ, की उहाँले मलाई सोध्नुपथ्यौं । असक्षमताको कारण राजिनामा दिनुभयो होला, सायद यो काँग्रेसको इतिहासमा ७७ जिल्लामा छैन, संखुवासभाबाट शुरुवात भयो । काँग्रेसको विधानमा जुन विधी अनुसार उहाँ आउनुभयो अव सोही विधी अनुसार नै पदपूर्ति हुनुपर्छ र हुन्छ ।
१२. कार्यक्रमको अन्त्यमा के भन्न चाहानुहुन्छ ?
सर्वप्रथम त पत्रकार साथीहरुलाई धन्यवाद दिन चाहान्छु । आफ्नो गृह जिल्ला आएको अवस्थामा विभिन्न बिषयमा छलफल गर्दै कुराकानी गर्ने अवसर मिल्यो । त्यसपछि संखुवासभा जिल्लाका सम्पूर्ण राजनैतिक दल, आमाबुवा, दाजुभाई दिदिबैनी, विभिन्न पेशाकर्मी लगायत देशविदेश र जिल्लाबासीहरु सबैलाई आउदै गरेको माघेसंक्रान्ति, तमू ल्होसार, क्रिसमस लगायत पर्वको शुभकामना दिन चाहान्छु । धन्यवाद ।
भिडियो पनि हेर्नुहोस ।
https://www.youtube.com/watch?v=IzKb6gigDtE&t=24s
Thick Cha but frist of all poverty eradication is must important , racial decrimination in the society u can see everywhere against religion factor etc concerned please ok thank u
Thick Cha but frist of all poverty eradication is must important , racial decrimination in the society u can see everywhere against religion factor etc concerned please ok thank u
Thick Cha but frist of all poverty eradication is must important , racial decrimination in the society u can see everywhere against religion factor etc concerned please ok thank u
Thick Cha but frist of all poverty eradication is must important , racial decrimination in the society u can see everywhere against religion factor etc concerned please ok thank u
Thick Cha but frist of all poverty eradication is must important , racial decrimination in the society u can see everywhere against religion factor etc concerned please ok thank u
Thick Cha but frist of all poverty eradication is must important , racial decrimination in the society u can see everywhere against religion factor etc concerned please ok thank u
Thick Cha but frist of all poverty eradication is must important , racial decrimination in the society u can see everywhere against religion factor etc concerned please ok thank u
Thick Cha but frist of all poverty eradication is must important , racial decrimination in the society u can see everywhere against religion factor etc concerned please ok thank u
Thick Cha but frist of all poverty eradication is must important , racial decrimination in the society u can see everywhere against religion factor etc concerned please ok thank u