संखुवासभा । जिल्लाको मकालु गाउँपालिका–४ स्थित बैदे र सिरुटारका दुई वटा विद्यालयमा पूर्वविद्यार्थीहरुले न्यानो कपडा वितरण गरेका छन् ।
शुक्रबार एक कार्यक्रम बीच मकालु गाउँपालिका–४ साविक पावाखोला गाबिस वाड नम्बर ८ बैदेमा रहेको जनविकास आधारभुत विद्यालय र सिरुटारमा रहेको त्रिवेणी बालविकास केन्द्रमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुलाई चिसोको समयमा न्यानो कपडा र जुत्ता वितरण गरेको पूर्वविद्यार्थी बसन्तमेघी गुरुङले बताए । चिसो मौसम शुरु भएपछि कतिपय विपन्न बालबालिकाहरुलाई सहजता होस भनेर न्यानो कपडा र जुत्ता वितरण गरिएको गुरुङले बताए ।
ति दुवै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीहरुले आफ्नो गाउँठाउँको विद्यालयलाई केही सहयोग गर्नुपर्छ भनेर विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीहरुलाई कपडा र जुत्ता उपलब्ध गराएको हो । जसको नेतृत्व भविन गुरुङ र बसन्तमेघी गुरुङले गरेका थिए ।
पूर्वविद्यार्थीहरु १२ जनाले ५८ हजार ७८८ रुपैया संकलन गरि सामग्री खरिद गरेर गाउँमा लगेर वितरण गरेको हो । सहयोगी पूर्वविद्यार्थीहरु लालकाजी गुरुङ १० हजार, मनिषा गुरुङ ६ हजार ३७८, सकिला गुरुङ ५ हजार, अनिल गुरुङ २ हजार, देउमान र मस्ती गुरुङ ५ हजार ५ सय, शोभा गुरुङ ५ हजार, मुना गुरुङ ५ हजार, कमानसिं गुरुङ ४ हजार, डम्बरमेघी गुरुङ ५ हजार, अप्सरा र सुस्मा गुरुङ ५ हजार ४ सय, प्रविन गुरुङ ३ हजार ५ सय र तारामान गुरुङ २ हजार रुपैया संकलन भएको बसन्तमेघी गुरुङले बताए । गाउँको विद्यालयमा सहयोग गर्न पूर्वविद्यार्थीहरु जुटेको हो ।