मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

चैनपुर - ७
चैनपुर बालविकास आविका विद्यार्थीहरुलाई ब्याग तथा ट्रयाकसुट वितरण

Sankhuwasabhapress 628+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका वडा नं. ७ मा रहेको बालविकास आधारभूत विद्यालय लामिचौरमा अध्ययनरत विद्यार्थीहरुलाई ब्याग तथा ट्रयाकसुट वितरण गरिएको छ ।

मंगलबार एक कार्यक्रम बीच विद्यार्थीहरुलाई ब्याग तथा ट्रयाकसुट वितरण गरिएको हो । मनका धनी दानवीर चैनपुर नगरपालिका वडा नम्बर २ र ३ का वडा सचिव एसपी लामा र उनको श्रीमती सर्वमंगला आधारभूत विद्यालयकी शिक्षिका दिपा सुब्बाद्धारा संयुक्त रुपमा ७० थान ब्याग र विद्यार्थीहरुलाई ५० प्रतिशत ब्यहोर्ने गरी एकैखालका ट्रयाकसुट वितरण गरिएको बालविकास आधारभूत विद्यालयका प्रधानाध्यपाक सुरेन्द्र तामाङले बताए । उनको अनुसार, विद्यालयमा अध्ययनरत १ देखि ५ कक्षा सम्मका ६८ जना विद्यार्थीहरुलाई ब्याग र ट्रयाकसुट वितरण गरिएको हो । 

ब्याग दाताबाट प्राप्त भएपनि ट्रयाकसुट भने विद्यालयका आजिवन सदस्य र चन्दादाताबाट प्राप्त भएको रकमको ब्याजबाट ५० प्रतिशत विद्यालयले ब्यहोर्ने र ५० प्रतिशत स्वयंम विद्यार्थीका अभिभावकले ब्यहोर्ने गरि ट्रयाकसुट वितरण गरिएको प्रअ तामाङको भनाइ छ । 

विद्यार्थीहरुले ब्याग पाएपछि किताब, कापी, पेन्सिल र क्यालकुलेटर लगायतका शैक्षिक सामग्री बोक्न सहज भएको छ । शैक्षिक सामग्री हराउने सक्ने जोखिमबाट समेत सुरक्षित भएको छ ।

पछिल्लो समय उक्त विद्यालयको शैक्षिक गुणस्तर समेत बृद्धि भएको छ । केही बर्ष अगाडि सम्म गुमनाम र विद्यार्थी नभएर दरबन्दी कटौती हुदै गएको सो विद्यालयको प्रधानाध्यपाकमा सुरेन्द्र तामाङ आएपछि विद्यार्थी संख्या बढ्नुको साथै शैक्षिक गुणस्तर समेत बढेको छ । गतबर्ष सम्म २०/२५ जना विद्यार्थी रहेको सो विद्यालयमा नयाँ शैक्षिक सत्रसँगै ६८ जना विद्यार्थी भएका छन् । पछिल्लो समयमा सामुदायिक विद्यालयमा नै राम्रो पठनपाठन हुन थालेपछि निजी विद्यालय बोडिङ्गबाट समेत विद्यार्थीहरु ल्याएर पढाउन थालेको स्थानीयको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार