मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

#तेजरत्न आँखा तथा कान उपचार केन्द्र
संखुवासभामा आफन्तको नाममा आँखा अस्पताललाई ५० लाख सहयोग

Sankhuwasabhapress 628+ समाचार ( )
७ अशोज २०८१, सोमबार

संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा संचालनमा रहेको तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई आफन्तको नाममा ५० लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ ।

आइतबार एक कार्यक्रम बीच स्वर्गीय तेजबहादुर श्रेष्ठ र रत्नकुमारी श्रेष्ठका पाँच भाइ छोराहरु सोहनकुमार श्रेष्ठ लगायत परिवारले दिवंगत आमाबुवाको नाममा ५० लाखको चेक हस्तान्तरण गरेका थिए ।

सबै मानिसहरुले आँखाको ज्योती गुमाउन नपरोस् भनेर तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई रकम सहयोग गरेको दाता सोहनकुमार श्रेष्ठले बताए । उक्त उपचार केन्द्रलाई ६ रोपनी जग्गापनि श्रेष्ठ दाजुभाईले नै उपलब्ध गराएका हुन् भने त्यहाँ चाहिने औजार उपकरण, बेड र फर्निचरहरु समेत उनीहरुले हस्तान्तरण गरेका थिए । गरिव, असहाय, दलित र विपन्न बर्गको उपचारमा खर्च गर्ने गरी मुद्धति खातामा रकम रहने गरि सहयोग गरिएको जनाएको छ । सोहनकुमार खाँदबारीमै ब्यापार ब्याबसाय गर्छन् भने मनोजकुमार लामो समय देखि अमेरिका बस्र्दै आएका छन् । दुबै दाजुभाइका छोराछोरी र बुहारी समेत अमेरिकामा नै चिकित्सक रहेका छन् । 

नेपाल नेत्रज्योती संघ आँखा तथा कान उपचार केन्द्रका अध्यक्ष अनन्तकुमार गौलीले दाताबाट प्राप्त रकमलाई सहि सदुपयोग गरिने बताए । उपचार केन्द्रमा अतुलनीय योगदान पु-याएकै कारणले बुवा र आमाको नामबाट तेजरत्न आँखा तथा कान उपचार केन्द्र बनेको समितिका अध्यक्ष गौलीले बताए । यो उपचार केन्द्र चाँडै नै सर्जिकल अस्पतालको रुपमा विकास गर्न आफूहरु लागि परेको समितिको भनाइ छ । 

उक्त कार्यक्रममा नेत्रज्याती संघका केन्द्रीय कोषाध्यक्ष, कोशी प्रदेशका अध्यक्ष श्यामसुन्दर उदास, धनकुटा, भोजपुर र ताप्लेजुङ लगायत ६/७ वटा जिल्लाका अध्यक्षहरु समेत कार्यक्रममा आएका थिए । 

संखुवासभामा तेजरत्न आँखा तथा कान उपचार केन्द्रले निकै फड्को मार्दै गएको छ । सदरमुकाम खाँदबारीका साथै चैनपुर, धर्मदेवी, सिलिचोङ, मकालु र सभापोखरी गाउँपालिकामा शाखा कार्यालय स्थापना गरि सेवा शुरुवात भईसकेको छ । जिल्लाको १० वटै स्थानीय तहमा आँखा तथा कानको उपचार केन्द्र स्थापना गरिने जनाएको छ । जिल्लामा आँखा तथा कानको उपचार केन्द्र भएपछि स्थानीय नागरिकहरुले सेवा लिर्दै आएका छन् । तेजरत्न आँखा उपचार केन्द्रमा वार्षिक करिब ४ हजार आँखाका रोगी उपचारका लागि आउने गर्छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार