मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

कांग्रेस संखुवासभाका सभापति खड्काले दिए राजीनामा

Sankhuwasabhapress 628+ समाचार ( )
१२ अशोज २०८०, शुक्रबार

संखुवासभा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाका सभापति दीपक खड्काले राजीनामा दिएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै खड्काले सभापति पदबाट राजीनामा दिएका हुन् । प्रतिनिधिसभा सदस्य भएका कारण जिल्लाको पार्टी संगठनलाई चाहेर पनि पर्याप्त समय दिन नसक्ने भएपछि पार्टी सभापतिबाट राजीनामा दिएको खड्काले बताए ।

प्रतिनिधिसभा सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएका कारण काठमाडौंमा धेरै समय बिताउनुपर्ने र जिल्लाको पार्टी सङ्गठनलाई पर्याप्त समय दिन नसकेको भन्दै राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। उल्लिखित कारणहरूलाई दृष्टिगत गर्दै पार्टी संगठन सुदृढ सहज होस् भन्ने चाहनाले मैले नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको विज्ञप्तिमा भनिएको छ ।

मेरो राजीनामा स्वीकृत गरी विधान बमोजिम जिल्लाका अन्य साथीहरु बाट सभापति चयन गरी पार्टी संगठन परिचालन गराउन नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललिपुरलाई विज्ञप्ति मार्फत जानकारी समेत गराएका छन् ।

खड्का २०७८ असोज १४ गते चार बर्षे कार्यकालका लागि सभापति पदमा निर्वाचित भएका हुन् ।  खड्का गत २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । कांग्रेस सभापति खड्का २०७० सालमा संविधानसभा सदस्य समेत भइसकेका हुन् । त्यतिबेला खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत बनेका थिए ।

प्रतिक्रिया

सिता कार्कि संखुवासभा हाल मोरङ १३ अशोज २०८०, शनिबार

किन राजिनामा

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार