मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

चैनपुर :
छिमेकी लघुवित्तको गुनासो सुनुवाई तथा भेला सम्पन्न

Sankhuwasabhapress 628+ समाचार ( )
२ चैत्र २०८१, आइतबार
  • मोहनकुमार राई/चैनपुर

संखुवासभा । जिल्लाको चैनपुर नगरपालिकास्थित दिलकुमारी भवनमा छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेड चैनपुर शाखाको ८ औं ग्राहक सदस्य गुनासो सुनवाई तथा भेला कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल राष्ट्र बैङ्कबाट ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाको रुपमा सञ्चालित छिमेकी लघुवित्त संस्था लिमिटेडले देशको ६९ जिल्लामा १९७ शाखाबाट ४ लाख २५ हजार ८५  जना सदस्यहरुलाई ३९ अर्व बढी कर्जा लगानी, ३६ अर्व बचत संकलन गर्दै वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ । संखुवासभामा मादी, चैनपुर, धर्मदेवीको मुढे र खाँदवारीबाट आफ्ना सेवा प्रदान गरिरहेको जनाएको छ । 

९३० सदस्य रहेको चैनपुर शाखाले आफ्नो ८ औं ग्राहक सदस्य गुनासो सुनवाई तथा भेला कार्यक्रम सम्पन्न गरेको शाखा प्रवन्धक श्यामप्रसाद कुश्वाहले जानकारी दिए । संस्थाका प्रदेश प्रवन्धक अभय शर्माले ग्राहक तथा एकाई भेलाका कसदस्यहरुलाई कार्यक्रमलाई वित्तीय विषयमा सहजीकरण एवं प्रशिक्षण दिदै विलासिताका वस्तु प्रयोगका लागि कर्जा प्रगोग नर्गन एवं कर्जा दुरुपयोगको परिणामको बारेमा समेत जानकारी दिएका थिए । उनले प्राप्त कर्जालाई उत्पादन मुलक एवं उत्पादनशिल क्षेत्रमा लगानी गर्न सके आर्थिक समृद्धि ल्याउन सकिने बताए । कार्यक्रममा ग्राहक सदस्यहरुले आफ्ना गुनासो सुनाएका थिए भने समाधानको उपाय समेत बताइएको थियो । 

लघुवित्त संस्थाले प्रदान गर्ने बचत, कर्जा, व्यवसायिक तालिम, प्राविधिक सहयोग, व्याजमा छुट, विना धितो ७ लाख सम्म कर्जा प्राप्त गनृ सकिने, दलित, एकल महिला, जेष्ठ नागरिकलाई १ प्रतिशत व्याज छुट, बाल भविष्य सेवा, उद्यमशिलता तालिम कर्जा,कर्जाको विमा, निःशुल्क इ–पासबुक, एटिएम कार्ड, पशु विमा, हरके वर्षको उत्कृष्ट इकाइहरुलाई नगद पुरस्कार, प्रमाणपत्र तथा छोराछोरीलाई पढनलाई छात्रवृत्ति, एसइईमा उत्कृष्ट जिपिए ल्उाउने ग्राहक सदस्यका छोराछोरीलाई पुरस्कृत गर्ने, सेवा सुविधाको बारेमा समेत ग्राहक सदस्यहरुलार्इृ जानकारी दिइएको थियो । संस्थाले यो वर्ष ४९ हजार ४ सय ६५ जनालई वित्तीय साक्षरता कार्यक्रम अन्तरगत तालिम प्रदान गरिसकेको समेत संस्थाका प्रदेश प्रवन्धक अभय शर्माले वताए ।

कार्यक्रममा छिमेकी लघुवित्त संस्थाका केन्द्रीय काठमाण्डौका विभागीय प्रमुख हरिराज लोहनी, प्रदेश अनुगमन अधिकृत अनन्तकुमार आचार्य, प्रदेश अधिकृत विष्णुवाबु पन्त, एवं संस्थाका कर्मचारीहरु पविना प्रधान, लक्ष्मीमाया राई, श्याङमु शेर्पा तथा ग्राहक सदस्यहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार