मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

स्वास्थ्य कार्यालयको वार्षिक समिक्षामा खाँदबारी नगरपालिका प्रथम

Sankhuwasabhapress 628+ समाचार ( )
२४ अशोज २०८०, बुधवार

संखुवासभा । स्वास्थ्य कार्यालय संखुवासभाको वार्षिक समिक्षामा खाँदबारी नगरपालिका स्वास्थ्यको कार्यक्रममा प्रथम भएका छन् ।

जिल्लाका १० वटा स्थानीय तहको आर्थिक बर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्यको कार्यक्रम अनुसार वार्षिक समिक्षामा खाँदबारी नगरपालिका प्रथम भएको हो । द्धितिय सिलिचोङ गाउँपालिका र तृतीय मकालु गाउँपालिका भएका छन् । चौथो स्थानमा मादी नगरपालिका, पाँचौ भोटखोला गाउँपालिका, छैटों चिचिला गाउँपालिका, सातौं पाँचखपन नगरपालिका, नवौं चैनपुर नगरपालिका भएका छन् भने अन्तिम धर्मदेवी नगरपालिका भएका छन् । 

अघिल्लो आब २०७८/०७९ खाँदबारी नगरपालिका तेस्रो भएका थिए भने सिलिचोङ गाउँपालिका प्रथम बनेका थिए । त्यसैगरि मकालु गाउँपालिका दोस्रो भएका थिए । मादी नगरपालिका चौथो र चिचिला गाउँपालिका छैटो दुवै बर्ष यथावत रहेका छन् । भोटखोला सातौबाट पाँचौं स्थान हासिल गरेको छ भने पाँचखपन एकस्टेप अगाडी बढ्दै आठौंबाट सातौमा प्रवेश गरेका छन् । त्यसैगरि सभापोखरी गाउँपालिका नवौंबाट आठौंमा अगाडी बढेको छ भने चैनपुर नगरपालिका १० औं अर्थात अन्तिमबाट नवौंमा फड्को मारेको छ । धर्मदेवी नगरपालिका पाँचौंबाट एकैपटक अन्तिम अर्थात १० औं मा पुगेको छ । 

स्वास्थ्य कार्यालय संखुवासभाको दुई दिने वार्षिक समिक्षा गोष्ठीमा हालसम्मको प्रगति सार्वजनिक गरेको हो । स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिने सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयमसेविका र स्थानीय सरकार सबैलाई स्वास्थ्य कार्यालय संखुवासभाका कार्यालय प्रमुख नारदमुनी सुवेदीले धन्यवाद दिए । 

उक्त दुई दिने गोष्ठीले आर्थिक बर्ष २०८०/०८१ को जिल्लास्तरीय वार्षिक समिक्षा कार्यक्रमको प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन् । पूर्ण सुनिश्चितता तथा दिगोपना कायम गरि राख्ने तथा नियमित खोप शुक्ष्म योजना तयार गरी खोप कार्यक्रम संचालन गर्ने, समुदायस्तरमा पोषण सुधार तथा सबै स्थानिय तहहरुमा शिघ्र कुपोषण व्यवस्थापनको बहिरंग उपचार केन्द्रको थप गर्ने तथा निरन्तरता दिने, प्रत्येक स्थानीय तहमा पूर्ण संस्थागत सुत्करी गराउने लगायतका ११ बुदें प्रतिबद्धता पत्र सार्वजनिक गरिएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार