मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

सम्पादकीय :
शिक्षकको यथोचित माग पूरा गर

Sankhuwasabhapress 598+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

‘गुरु’ शब्द अत्यन्तै महान छ । हिजो परापूर्वकाल देखि आजसम्म ‘गुरु’ को महत्व निकै छ । हिजो गुरु, शिष्य र चेला भनिन्थ्यो । प्रायः जसो हिजो संस्कृत भाषा प्रयोग हुने भएकाले गुरु, शिष्य र चेला भनिएपनि आज समय परिवर्तनसँगै शिक्षक र विद्यार्थीको भाषा प्रयोग गरेको पाइन्छ ।

मानिसको जीवनयापन परिवर्तन गर्ने प्रमुख माध्यम भनेको शिक्षा नै हो । शिक्षा विना मानिसहरुको जीवन अन्धकार हुन्छ । त्यसैले गुरुलाई महान भनिएको हो । कुनै ‘गुरु’ हरु ब्यक्तिगत आचरण अपवादमा खराब पनि हुन सक्छन् होला, त्यता तर्फ चर्चा नगरौं—समग्रमा गुरुहरु सबै महान हुन् । गुरुहरु माझी जस्तै ढङ्गा तारिरहने भएकाले पनि उनीहरु महान हुन् । उनीहरुले ढुङ्गा तारेका यात्री अर्थात विद्यार्थी उच्च तहसम्म पुग्दा पनि गुरु चाँही त्यही ढुङ्गा तारिरहेका हुन्छन् ।

सन्दर्भ जोड्न खोजेको बिषय अहिले गुरु अर्थात शिक्षकहरुको आन्दोलनको हो । करिब २१ दिनदेखि सामुदायिक विद्यालयका देशभरका शिक्षकहरु राजधानी काठमाडौं केन्द्रित आन्दोलनमा छन् । विद्यालय शिक्षा ऐन माग्दै सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गरिरहँदा निकास भने पाउन सकेको छैन् । देशभरको ७५३ स्थानीय तह हुदैं जिल्लास्तरमा आन्दोलन गर्दै अहिले राजधानी काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । प्रधानमन्त्री बाहेक कसैसँग वार्ता नगर्ने अडानमा छन् शिक्षक महासंघका नेताहरु । अहिले बिषय झन पेचिलो बनेको छ । चौतर्फी दवाव पछि शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिइसकेकी छन् । भने प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्रै नयाँ शिक्षामन्त्री रघुजी पन्तलाई नियुक्त गरिसकेका छन् । शिक्षकहरुको माग उत्कर्षमा पुगेको छ । प्रधानमन्त्रीले आन्दोलन स्थगित गर्न आग्रह गर्दै आएका छन् । उनले शिक्षकको माग प्रति आफू गम्भीर रहेको बताउदै आन्दोलन स्थगित गरेर शिक्षा ऐन आउन समय लाग्ने भएकाले सघाउन अनुरोध गर्दै आएका छन् ।

नयाँ शैक्षिक सत्रको समय छ । शिक्षकका आन्दोलन बिच कक्षा १२ को परीक्षा नै अन्योल छ । सरकारले निजामति कर्मचारी राखेर कक्षा १२ को परिक्षा संचालन गर्ने गरेको निर्णय स्थगित गर्दै फेरी २१ गतेदेखि परिक्षा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । नयाँ शैक्षिक सत्रको भर्ना तथा पठनपाठन सञ्चालन र एसइईको उत्तरपुस्तिका जाँचजस्ता शैक्षिक गतिविधि ठप्प भएपछि समस्या बढेको छ । शिक्षा ऐन ल्याउने ग्यारेन्टी दिएर शिक्षकलाई विद्यालयमा फर्काउन प्रधानमन्त्री असफल भईरहेका छन् । शिक्षकहरुको एकबुदे माग शिक्षा ऐन जारी भएपछि मात्रै विद्यालय फर्किने घोषणा गरिरहेका छन् ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । उनले शिक्षा ऐन ल्याउने कुरामा कसैसँग सम्झौता नगर्ने समेत प्रतिबद्धता ब्यक्त गर्दै आएका छन् । शिक्षकहरुको माग प्रति सत्तापक्षमा रहेको नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी पार्टी नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादीलगायतका राजनैतिक पार्टीहरुले समेत शिक्षक आन्दोलनको समर्थन र ऐक्यबद्धता जनाएका छन् । 

अन्त्यमा, मुलुक संघीयतामा गएपछि संघीयतासँगै नयाँ संविधान जारी भयो । संविधानसँगै शिक्षा क्षेत्रमा नयाँ शिक्षा ऐन आउनु स्वाभाविकै हो । अहिले २०२८ सालको शिक्षा ऐन अन्तर्गत चलिरहेको छ । पूरानो शिक्षा ऐनलाई संशोधन गरेर नयाँ शिक्षा ऐन माग्नु स्वाभाविकै हो । शिक्षा ऐन ल्याएर शिक्षक माग सम्बोधन गरेर घर फर्काउन सरकारको बुद्धिमानी हो । यतिबेला सामुदायिक विद्यालयको शिक्षक आन्दोलनमा निजी विद्यालय विद्यार्थी भर्नामा केन्द्रित छ । यो कुरा सरकारले गम्भीर भएर सोच्नुपर्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार