मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

सातौ पांमा कप
पांमा कप फुटबल प्रतियोगिताको तयारी पूरा, खाँदबारीका मेयर महेश थपलियाले उद्घाटन गर्ने

Sankhuwasabhapress 628+ समाचार ( )
७ पौष २०८०, शनिबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–४ पांमा स्थित भगीवन्त रंगशालामा आजबाट शुरु हुन लागेको सातौ पांमा कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । 

‘स्वास्थ्यको लागि खेलकुद : राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित किराँतहरुको महानपर्व उधौली तथा धान्यपूर्णिामाको अवसरमा फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताको आज ११ बजे एक भब्य कार्यक्रम वीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतियोगिता संयोजक ध्यानसिंह राईले बताए । उनले आज देखी शुरु भई ११ गतेसम्म प्रतियोगिता संचालन हुने प्रतियोगिता संयोजक राईले बताए ।

उनको अनुसार, सिक्किम लगायत कोशी प्रदेश भित्रका विभिन्न जिल्लाका १२ क्लबको सहभागीता रहनेछ ।

फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्धेश्यले फुटबल प्रतियोगितालाई विगतमा जस्तै निरन्तरता दिइएको लोहोरुङ क्लबका महासचिव छत्रमणि काफ्लेले बताए । किराँतहरुको बाहुल्यता रहेको पांमाको परिचय र प्रचारप्रसारका लागि प्रतियोगिता गरिएको उनले बताए । प्रतियोगिता लोहोरुङ क्लबले आयोजना गरेको हो ।

पुस ११ गते फाइनलको दिन मंसिरे ढाडे बजार समेत लाग्ने भएकाले किराँतहरुको साँस्कृतिक कार्यक्रम साकेला नृत्य लगायतका विभिन्न प्रस्तुतीहरु रहनेछ भने हेलिकप्टरद्धारा तीर्थयात्रा सभापोखरी, शिवधारा लगायतका क्षेत्रहरुको समेत दर्शन गराइनेछ ।

प्रतियोगिताका बिजेताले नगद १ लाख ५१ हजार र उपबिजेतालेनगद  ८१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने सेमिफाईनलमा पुग्ने २ टिमले जनही २५/२५ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार