संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–१० स्थित रहेको श्री सिंहेश्वरी आधारभूत विद्यालयको ४८ औँ वार्षिक उत्सव तथा विविध कार्यक्रमका सम्पन्न भएको छ ।
शुक्रबार एक समारोह बीच कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति संखुवासभाका उपप्रमुख बबिता अधिकारीको प्रमुख आतिथ्यता र चैनपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष धनबहादुर तामाङको विशिष्ट आतिथ्यतामा विद्यालयको बार्षिक उत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा उत्कृष्ट अभिभावक, उत्कृष्ट शिक्षक र उत्कृष्ट प्रअलाई खादा माला सहित सम्मापनपत्रद्धारा सम्मान गरिएको थियो । विद्यार्थीहरू बीच विभिन्न अतिरिक्त क्रियाकलाप खेलकुद प्रतियोगिता र अभिभावक बीच मैत्रीपूर्ण मेडिकल चेयर लगायतका कार्यक्रमहरू गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर १० का वडा अध्यक्ष धनबहादुर तामाङले विद्यालयको समग्र पक्षमा स्थानीय सरकारको साथ रहेको र विद्यालयमा आइसिटीको अवस्था पहुँच विस्तारमा बजेट विनियोजित गरी सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति संखुवासभाका उपप्रमुख बबिता अधिकारीले विद्यालय व्यवस्थापनको पक्षमा आफूले सक्ने सहयोग गरि बजेट विनियोजन गर्न सहयोग गर्ने बताईन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका शिक्षक खिमलाल ओलीले संचालन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारी दोस्रो कार्यकालका लागि विद्यालयको अध्यक्ष बनेका हुन् । उनले यसअघि विद्यालयको विकास र सर्वाङर्गीण पक्षमा महत्वपूर्ण काम गरेकाले गाउँलेहरुले पुनः दोस्रो कार्यकालमा अधिकारीलाई दोहोराएका् बताउँछन् ।