मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

खाँदबारी –५
माल्टामा अन्तरपालिका स्तरीय महिला भलिवल हुने

Sankhuwasabhapress 607+ समाचार ( )
९ मंगशिर २०८१, आइतबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–५ माल्टामा अन्तरपालिका स्तरीय महिला भलिवल प्रतियोगिता हुने भएको छ ।

आइतबार खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी दिइएको हो । बाला चतुर्दशी (अधेरी बजार)को पावन अवसरमा खाँदबारी नगरपालिका ५ नम्बर वडा खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो । यहि मंसिर १२ देखि १४ गतेसम्म भलिवल प्रतियोगिता माल्टामा आयोजना हुन लागेको सम्पूर्ण तयारीमा जुटीसकेको खाँदबारी–५ का वडाध्यक्ष टंकबहादुर घिमिरेले जानकारी दिए ।

जिल्ला भलिवल संघको समन्वयमा आयोजना हुने प्रतियोगितामा संखुवासभा, भोजपुर र सुनसरीका ११ टिमको सहभागीता रहने जनाइएको छ । प्रतियोगितामा संखुवासभामा जन्म भई हाल काठमाडौमा भलिवल खेलमा नाम कहलिएका भलिवल प्रशिक्षक कुमार राई, राष्ट्रिय खेलाडी सुमित्रा रेग्मी र जेनिशा विश्वकर्मा लगायतका खेलाडी आउने आयोजकले जनाएको छ ।  

प्रतियोगिताका विजेताले नगद १ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ७५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरि सेमिफाइलिष्ट दुई टिमलाई नगद २५÷२५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार