मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

बैठक :
प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रको बैठक सम्पन्न

Sankhuwasabhapress 607+ समाचार ( )
१२ मंगशिर २०८२, शुक्रबार

संखुवासभा । प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र संखुवासभाको बैठक सम्पन्न भएको छ ।

सोमबार सदरमुकाम खाँदबारीस्थित जिल्ला समन्वय समितिको सभाहलमा बैठक सम्पन्न भएको हो । ‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नारासहित प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण कार्यक्रमको आठौं चरण समृद्धिका लागि शान्ति जिल्ला समन्वय/सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यको अध्यक्षतामा कार्यक्रमको आठौं चरणको बैठक सम्पन्न भएको हो । उक्त बैठकमा संखुवासभाका १० वटै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया सहित सुरक्षा निकायका प्रमुखहरु, डिभिजन वन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, सामुदायिक बनका प्रतिनिधी र संचारकर्मीहरुको सहभागीता रहेको कार्यक्रमका सहजकर्ता विष्णु कार्कीले जानकारी दिए । 

उक्त कार्यक्रममा संस्थाले जिल्लामा गरिरहेको गतिबिधिका बारेमा सरोकारवाला बिच गहन छलफल तथा सुझाव संकलन कार्य गरेको थियो । प्राकृतिक स्रोत माथि भइरहेको समस्या र समाधानका बारेमा छलफल गरिएको थियो । स्थानीय तहमा प्राकृतिक स्रोत माथि हुने काम, गतिविधी र प्राकृतिक स्रोतको अवस्था, संस्थाको सहयोग लगायतको बारेमा उपप्रमुख तथा उपाध्यक्षहरु आआफ्नो धारणाहरु राखेका थिए । 

कोशी प्रदेश अध्यक्ष राजन राईले जल, जमिन, जंगल लगायतका प्राकृतिक श्रोत साधनको सहि प्रयोग र कानुनत उपभोग र संरक्षणका लागि प्रकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले काम गरिरहेको बताएका थिए । 

प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले जलजमिन, जंगल र प्राकृतिक स्रोतका बारेमा काम गर्दै आएको छ । प्राकृतिक स्रोत माथि हुने दोहन र विवाद लगायतको विषयमा काम गर्दै आएको केन्द्रले जनाएको छ। जिल्लामा प्राकृतिक स्रोत माथि विवाद हुदाँ केन्द्रले सहजीकरण र मेलमिलाप गराउर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार