मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

आइतबार
संखुवासभा अस्पतालका डाक्टरहरु आन्दोलित

Sankhuwasabhapress 628+ समाचार ( )
२० माघ २०८१, आइतबार

संखुवासभा । जिल्ला अस्पताल संखुवासभाका डाक्टरहरु आन्दोलित भएका छन् । आइतबार जिल्ला अस्पताल संखुवासभामा कार्यरत डाक्टरहरुले केन्द्रीय सर्कलरलाई ऐक्यबद्धता जनाउर्दै आन्दोलन गरेका हुन् ।

जिल्ला अस्पताल संखुवासभाका डाक्टर विकास आचार्यको नेतृत्वमा डाक्टरहरुले अस्पतालको परिसरमा प्ले कार्ड बोकेर आन्दोलन गरेका हुन् । उनीहरुले जिल्ला अस्पताल खाँदबारी आइतबार ११ देखि १२ बजेसम्म १ घण्टा ओपिडी लगायतका सेवाहरु बन्द गरेका थिए । सेवाग्राहीहरुलाई मार नपर्ने गरी केन्द्रीय सर्कुलरलाई कार्यन्वयन गर्दै १ घण्टा मात्रै सेवा अवरुद्ध गरिएको डाक्टर आचार्यको भनाइ छ ।

‘माघ १४ गतेको स्वास्थ्यमन्त्री र शिक्षामन्त्री बीचको ३ बदे निर्णय फिर्ता गर, चिकित्सा शिक्षा आयोगको एमडी/एमएस परिक्षा स्थगित गर, डाक्टरहरुलाई बन्दक बनाउन पाइदैन, बन्डिङ्ग प्रथा बन्द गर’ लगायत लेखिएका नारा सहितको प्ले कार्ड बोकेर आन्दोलन गरेका हुन् ।

अस्पतालहरुले आवासीय डाक्टरहरुको चरम श्रम शोषण गर्ने गरेका, पारिश्रामिक कम र डियूटी समय बढि दिने लगायतका विभिन्न मागहरु सरकारले सम्बोधन गर्नुपर्ने जिल्ला अस्पताल संखुवासभाका डाक्टर विकास आचार्यले बताए । उनले निजी तथा सरकारी अस्पतालमा कार्यरत डाक्टरहरुलाई राज्यले न्याय दिनुपर्ने बताए । 

नेपालका निजी तथा सरकारी मेडिकल कलेजहरुले आवासीय चिकित्सकहरुलाई चरम श्रम शोषण गरिरहेको उनीहरुको भनाइ छ । १२० घन्टासम्मको ड्युटी राख्ने, पारिश्रमिक १८ हजार मात्रै राख्ने, विश्वव्यापी मान्यताअनुसार तालिम निःशुल्क, लाइसेन्स प्रााप्त चिकित्सकका रुपमा २/३ जना मेडिकल अफिसरभन्दा पनि आवासीय चिकित्सकहरुले बढी र गुणस्तरीय काम गर्दै आएको डाक्टरहरुको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकहरूलाई प्रदान गरिने निर्वाह भत्ताका विषयमा गत माघ १४ गते तीन बुँदे निर्णय गरेका थिए । आवासीय चिकित्सकहरूले केहीदिन अगाडी देखि आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया

arjun bajagain २० माघ २०८१, आइतबार

ठिक न्याय नमराेस

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार