मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

झोलुङ्गे पुल बनेपछि चिचिलाका स्थानीय खुशी

Sankhuwasabhapress 628+ समाचार ( )
२४ अशोज २०८०, बुधवार

नवीन गुरुङ

संखुवासभा । लामो समयदेखि जोखिम मोल्र्दै बासको फड्के तरेर आवातजावात गर्ने संखुवासभाको चिचिला गाउँपालिकाकका स्थानीयहरु खुशी भएका छन् । 

बिहिबार एक कार्यक्रम बीच चिचिला गाउँपालिकाको वडा नम्बर ४ र ५ जोड्ने ओराङ्ग खोलामा निर्माणधीन झोलुङ्गे पुलको उद्घाटन भएपछि खुशीयाली छाएको हो । गाउँपालिका अध्यक्ष पासाङनुर्बु शेर्पा र उपाध्यक्ष मनकला राईले संयुक्त रुपमा रिवन काटेर पुलको औपचारिक रुपमा उद्घाटन गरेका थिए । पुलको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शेर्पाले पुल निर्माणपछि स्थानीयको जनजिविकामा निकै ठूलो सहयोग पुगेको बताए । उनले बासको फड्के हुदाँ बर्खाको समयमा खोला बढ्दा निकै जोखिम मोलेर गाउँलेहरु आउनेजाने गरिरहेको स्मरण गर्दै अब त्यो जोखिम हटेको बताए ।

कार्यक्रमका अर्का अतिथी समाजसेवी तथा नेपाली कांग्रेसका जिल्ला सचिव टकमान घलेले यो खोलामा झोलुङ्गेको पुलको आवश्यकता देखेर नै पहल गरेको र आज निर्माण सम्पन्न भएपछि औधी खुशी लागेको बताए ।  

जिल्लाको उत्तरीक्षेत्रमा पर्ने चिचिला वडानम्बर ४ र ५ को बीचमा रहेको ओराङ्गखोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । वारि भिगुंना र पारि खोलाघारी गाउँ पर्ने भएकाले भिगुंना खोलाघारी झोलुङ्गे पुल निर्माण समिति गठन गरिएको थियो । उक्त उपभोक्ता समितिका अध्यक्ष राजमान राईले पुल बनेपछि स्थानीय गाउँलेहरुलाई राहत मिलेको बताए । 

पुल बनेपछि भिगुंना गाउँ र खोलाघारी गाउँका स्थानीयहरु आवातजावात गर्न सहज भएको छ भने सो पुलबाट देवीटार र पाख्रिबास लगायतका ठाउँहरुमा जान सिधा भएको छ । यो भन्दा अगाडी घुमाउरो बाटो हिड्नुपर्ने बाध्यता हटेको उनको भनाइ थियो । 

चिचिलाको दुई वटा वडाहरु जोड्ने यो ओराङ्गखोलामा बनेको भिगंना खोलाघारीमा झोलुङ्गे पुल स्थानीय उपभोक्ताहरुलाई काम दिदा समयमा नै निर्माण सम्पन्न गर्छन् भन्ने गतिलो उदाहरण समेत बनेको छ । उपभोक्ता समितिका अध्यक्ष राईले भने—‘हामी बासको फडकेमा जोखिम मोलेर हिडीरहेको थियौं, कुल बेला फडकेबाट लडेर ज्यान गुमाउनु पर्ने हो भन्ने चिन्ता थियो, त्यसमा सरकारले पुल बनाउने बजेट दिएपछि दिनरात नभनिकन काम ग-यौं । हामी त अझै असारमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो तर निर्माण सामग्री ल्याउन समस्या भएपछि केही महिना ढिला भयो ।’

चिचिला गाउँपालिका र संघीय सरकारको ३४ लाख ६० हजार ५१० रुपैया र स्थानीय जनश्रमदान ७३ हजार १८ रुपैया गरि कुल ३५ लाख ३३ हजार ५२९ रुपैयाको लागत बजेटमा सम्पन्न भएको हो । उक्त पुल निर्माण भएपछि दुई हजार एक सय ५० जना स्थानीयहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । पुलको लम्बाई ६० मिटर रहेको छ । पुल बनाउने अवधी भन्दा ६ महिना अगाडी नै सम्पन्न भएको हो । ०७९ फागुन २५ गते सम्झौता भई आगामी ०८० फागुन मसान्त सम्म म्याद भएपनि असोज पहिलो हप्ता नै निर्माण सम्पन्न भई औपचारिक रुपमा नै उद्घाटन समेत भईसकेको छ । 

उक्त झोलुङ्गे पुल निर्माण गर्नका लागि प्राविधिक सहयोग समाज विकास केन्द्र (सोडेक) संस्थाले गरेका थिए । जिल्लामा झोलुङ्गे पुल निर्माणको काम यो संस्थाले गर्दै आएको छ । यो पुल गाउँपालिका र सोडेक संस्थाको समन्वयमा प्राप्त बजेट तथा उपकरणहरू र जनश्रमदानबाट निर्माण गरिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार