मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

निजामती सेवा दिवस
यो वर्ष पनि सरकारले भेटेन सर्वोकृष्ट कर्मचारी, ४० जनालाई पुरस्कार (नामवलीसहित)

Sankhuwasabhapress 628+ समाचार ( )
२२ भाद्र २०८०, शुक्रबार

काठमाडौं- व्यावसायिक र  सिर्जनशील प्रशासन - विकास, समृद्धि र  सुशासन भन्ने नाराका साथ २०औँ निजामती सेवा दिवस  मनाइँदैछ। 

२०६० सालदेखि मनाउन थालिएको यो दिवसमा सरकारले ४० जना पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ।  बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएन। यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनोट गरेको छ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० कर्मचारीहरूमा धनकुटा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का छन्। 

यसै गरी  कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव राम प्रसाद लामिछाने, मालपोत कार्यालय खाँदवारीमा मालपोत अधिकृत चन्द्र प्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कम्प्यूटर अधिकृत सुनिल कुमार केसी रहेका छन्। 

त्यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मी कृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौडाका नायव सुब्बा शुभ लक्ष्मी लामा रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार