मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

वरुण बहुमुखी क्याम्पस :
फागुन ९ गते खाँदबारीमा बरुण लोक–सांस्कृतिक नृत्य प्रतियोगिता हुने

Sankhuwasabhapress 628+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

संखुवासभा । अरुण उपत्यकाको अगुवा शैक्षिक संस्था वरुण बहुमुखी क्याम्पसले ‘संस्कृति संरक्षण र प्रवद्र्धनमा युवा सहभागीता’ भन्ने नारा सहित ‘वरुण लोक–सांस्कृतिक नृत्य प्रतियोगिता’ आयोजना हुने भएको छ ।

यहि फागुन ९ गते शुक्रबार वरुण बहुमुखी क्याम्पसको प्रागंढमा आयोजना हुने भएको छ । विश्वविद्यालय अनुदान आयोग र खाँदबारी नगरपालिकाको साझेदारी तथा शिक्षा एवम् कलाप्रेमी महानुभावहरुको प्रायोजन सहयोगमा प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगितामा सुनसरी, मोरङ, धनकुटा, भोजपुर र तेह्रथुम जिल्लाका प्रतिनिधिमुलक क्याम्पस, जिल्लाभित्रका सबै क्याम्पसहरु र संखुवासभा भित्रका एक स्थानीय तह एक माध्यमिक विद्यालय (११/१२ संचालित)लाई आमन्त्रण गरिएको वरुण बहुमुखी क्याम्पसका ब्यबस्थापन संकाय प्रमुख नवराज कार्कीले बताए ।

उनको अनुसार, रैथाने कला संस्कृतिहरुको संरक्षण एवम् पुस्तान्तरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नृत्य प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा भोटे सेलो, कौडा नृत्य, सोरठी नृत्य, राउटे नृत्य, संगिनी नाच, कुमाल नृत्य, हुर्रा नाच, साकेला सिली, धान नाच र मारुनी नृत्य आदिलाई एकै स्टेजमा प्रस्तुत गरिने कार्कीको भनाइ छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमा रहेको कला तथा सीपलाई सम्बद्र्धन तथा प्रोत्साहन गर्न विद्यार्थीहरुले निर्माण गरेका विभिन्न किसिमका हस्तकला, राडीपाखी, डालो, सिलामसाक्मा, अल्लो निर्मित पोशाक तथा विभिन्न सजावटका सामग्रीहरु पनि प्रदर्शनी एवम् बिक्रीमा राखिने क्याम्पसले जनाएको छ । उक्त कार्यक्रममा जिल्लाभित्रका सम्पूर्ण अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी, शिक्षाप्रेमी, संगीत तथा कलाप्रेमी व्यवसायी एवम् समाजसेवी महानुभावहरुलाई हार्दिक आमन्त्रण गरिएको क्याम्पस प्रमुख चित्रारेखा अधिकारीले जानकारी दिइन् । 

लोक–सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम पुरस्कार नगद ३० हजार रुपैया, द्वितिय पुरस्कार २० हजार रुपैया र तृतीय पुरस्कार १० हजार रुपैया रहेको क्यिूएए फोकल पर्सन रुद्रनाथ दाहालले जनाएको छ । वरुण क्याम्पसले गत बर्षपनि हस्तकला सामग्री प्रदर्शन कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार