मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

प्रतिभावान नयाँ गायक गायिकाको खोजी
‘संखुवासभा आइडल’ हुने

Sankhuwasabhapress 628+ समाचार ( )
३ भाद्र २०८०, आइतबार

संखुवासभा । संखुवासभामा गायन क्षेत्रको प्रतिभावान नयाँ गायक गायिकाको खोजी गर्ने उद्धेश्यले ‘संखुवासभा आइडल’ हुने भएको छ । 

सदरमुकाम खाँदबारीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरि तेस्रो संस्करण अन्तर्गत ‘संखुवासभा आइडल’ यहि भदौ १६ गतेबाट शुरु हुन लागेको जानकारी दिइएको हो । जिल्लामा १० बर्षपछि तेस्रो सिजनको गायन प्रतिभावान कलाकारको खोजी गर्ने उद्धेश्यले प्रतियोगिता शुरु हुने लागेको अरुण भ्याली ईभेन्ट मेनेजमेन्ट प्रालिका अध्यक्ष देवेन्द्र घिमिरेले जानकारी दिए ।

कला र संगितको माध्यमबाट संखुवासभा जिल्लालाई विश्वभर चिनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमका लगानीकर्ता तथा परिकल्पनाकार सुजनकुमार श्रेष्ठले बताए । उनले नयाँ प्रतिभाहरुको खोजी मात्र नभएर आन्तरिक पर्यटकहरुलाई समेत संखुवासभामा भित्राउने उद्देश्य रहेको बताए । 

प्रतियोगिताको पहिलो चरणमा उत्कृष्ट १०० प्रतिष्पर्धीहरु छनौट गरिने प्रतियोगिताको संयोजक बीरबहादुर लिम्बुले जानकारी दिए । त्यसपश्चात उत्कृष्ट ५०, ३०, २०, १५, १२, ५ र ३ जनाको दरले छनौट हुँदै आउने संयोजक लिम्बुको भनाइ छ । 

प्रतियोगिताका विजेताले उपाधिसँगै नगद ३ लाख रुपैयाँ, एउटा गीत रेकर्ड, पाँच दिने भारत भ्रमणको अवसर प्राप्त गर्नेछन् । उपविजेता दुई जनाले नगद ५०/५० हजार, एउटा गीत रेकर्ड, पाँच दिने भारत भ्रमण र टोकन अफ लव प्राप्त गर्नेछन् । त्यस बाहेकका उत्कृष्ट पाँच भित्र परेका  (विजेता र उपविजेता बाहेकका २ जना) ले पनि एउटा/एउटा वटा गीत रेकर्ड, पाँच दिने भारत भ्रमण र टोकन अफ लभ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार