मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

लेख :
नेपालको बैकिङ्ग क्षेत्रको इतिहास र वर्तमान अवस्था

Sankhuwasabhapress 598+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

बैंकिङ क्षेत्रको विकासक्रमलाई हेर्दै जाने हो भने यसको इतिहास निकै पुरानो र ऐतिहासिक देखिन्छ । विभिन्न घटना परिघटनाहरुलाई जोड्दै जादाँ रुपैया पैसाको प्रचलन भनेको उद्योग धन्दाको विकास सँग-सँगै प्रत्यक्ष रुपमा जोडिएर आएको पाइन्छ । 

इटालियन भाषाको Banco भन्ने शब्दबाट सुरु भई जर्मन भाषामा Bank, फ्रेन्स भाषामा Banke र अंग्रेजी भाषामा Bank भन्दै गर्दा अहिले संसारको सवै भाषाहरूमा Bank नै भन्ने गरेको पाइन्छ । तर नेपालमा भने बैंकिङ क्षेत्रको विकास हेर्दा व्यक्ति पुरानो देखिदैन । राजा मानदेवको पालामा मानाङ्क मुद्राबाट नेपालमा मुद्राको थालनी भएको पाइन्छ । त्यसपछि गुणकामदेवको पालामा राज्यले काठमाडौको पुर्ननिर्माणको लागि ऋण लिएको एंव शंखधर साख्वाले काठमाडौं बासीको ऋण तिरीदिएको भन्ने जस्ता बैकिङ्ग क्रियाकलापहरु इतिहासमा भएको पाइन्छ ।

संस्थागत रुपमा वि.सं. १९३८ मा प्रधानमन्त्री रणोदिप सिंहले तेजारय अड्डाको स्थापना गरे पश्चात यसले सुन, चाँदी धितो लिई कर्जा दिने गरेको घटनालाई नै प्रमुख मानिन्छ । तर यो संस्थाले निक्षेप स्वीकार गर्ने गरेको भन्ने पाइदैन । विस्तारै–विस्तारै कानुनी रुपमा हेर्ने हो भने वि.सं.१९९४ सालमा ‘नेपाल बैंक कानुन–१९९४’ अन्तर्गत सोही साल कार्तिक ३० गते नेपाल बैंक लिमिटेडको स्थापना भएपछि नेपालमा बैकिङ्ग ब्याबसायको विधिवत रुपमा आरम्भ भएको देखिन्छ । जुन बेला केन्द्रीय बैंक थिएन र केही समय यसै नेपाल बैंकले नै केन्द्रीय बैंकको भूमिका निर्वाह गरेको इतिहासमा पाइन्छ । त्यसैगरि समयको क्रमसँगै वि.सं. २०१३ साल बैशाख १४ गते केन्द्रीय बैंकको रुपमा ‘नेपाल राष्ट्र बैंक’ को स्थापना भयो । त्यसपश्चात् नेपालको बैकिङ्ग क्षेत्रको विकासमा नयाँ अध्यायको थालनी भएको पाइन्छ । हाल नेपालको वित्तिय प्रणाली सशक्त र मजवुद हुदैं गएको छ । बैंक तथा वित्तिय संस्थाको संञ्जाल ब्यापक रुपमा बृद्धि भएको अवस्था छ ।

हालसम्म नेपालमा २० वटा (क) वर्गका वाणिज्य बैंकहरु रहेका छन । यसको शाखा संख्या ५००३ वटा रहेको छ । त्यस्तै १७ वटा (ख) वर्गका विकास बैंकहरु रहेका छन । यसको शाखा संख्या ११३० वटा रहेको छ । १७ वटा (ग) वर्गका फाइनान्स कम्पनीहरु रहेका छन् । यसको शाखा संख्या २८३ वटा रहेको छ । त्यस्तै ६३ वटा (घ) वर्गका लघुवित्त कम्पनीहरु रहेका छन । यसका शाखा संख्या ५१५३ वटा र १ वटा इन्फाइस्ट्रक्चर बैंक संचालनमा रहेको पाइन्छ ।  

नेपालको ग्रामीण तथा शहरी क्षेत्रमा यी विभिन्न प्रकारका बैंक तथा वित्तिय संस्थाहरुको अतुलनीय भूमिका तथा योगदानहरु गरेको पाइन्छ । ग्रामीण समुदायमा बैंक के हो र यसले के काम गर्ने गर्दछ भनेर अहिले सम्म नजानेका, नसुनेका र नबुझेका आम जनताहरुलाई यसको महत्व र आवश्यकताहरुको बारेमा सुसूचित गराउने गरेको पाइन्छ । बैंकमा खाता खोली साना–साना बचत गर्ने बानीले दैनिक जीवनमा बचत गर्ने बानीको विकास गरी भैपरी आउँदा एउटा अशक्त सारथीको रुपमा बैंकहरुले आफ्नो भूमिका निर्वाह गर्दै आएको पाइन्छ ।

बैंकमा आफूसँग भएको रकम बचत गर्ने बानीले आफ्नो रकमको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्दै आफूलाई आवश्यक परेको खण्डमा तुरुन्तै भुक्तानी लिन सकिन्छ । त्यस्तै आफूसँग भएको कुनै बहुमुल्य सरसामानहरु सुन, चाँदी लगायत अन्य बहुमुल्य सामानहरु पनि धेरै राख्न असुरक्षित हुने भएको हुदाँ बैंकले सुरक्षित, भरपर्दो र विश्वसनीय ढंगबाट राख्नको लागि लकर सुविधाको ब्यबस्था गरेको पाइन्छ । ग्रामीण समुदायमा रहेका आमजनताहरुलाई लक्षित गरी विपन्न वर्ग, न्यून आय भएका परिवारहरु, दैवीप्रकोपमा परेका परिवारहरु, दलित पिछडीएका वर्गहरुलाई आर्थिक उत्थानका लागि ब्यक्तिगत तथा सामुहिक जमानीमा राष्ट्र बैंकले तोके बमोजिम विभिन्न सहुलियतपूर्ण कर्जाहरु उपलब्ध गराएको छ । जस्तैः कृषि क्षेत्रमा गाईपालन/बाख्रापालन/सुगुरपालन/भैंसीपालन/कुखुरापालन/तरकारी खेती/रुद्राक्ष तथा अलैंची खेती/सुन्तला खेती/साना तथा मझौला उद्योगहरु रहेका छन् । जस्तैः राडीपाखी उद्योग/अल्लो खेती/चोया डोको उद्योग पर्यटन प्रवद्र्धनमा होमस्टे, होटल तथा रेष्टुरेन्टहरु लगायत अन्य ब्याबसायहरुमा लगानी गरी स्थानीय स्तरको जनसमुदायहरुलाई आर्थिक क्षेत्रमा मजबुद बन्न, प्रत्यक्ष रुपमा महत्वपूर्ण भूमिका खेल्ने गरेको पाइन्छ । जसले गर्दा ग्रामीण समुदायहरुमा नै स्वरोजगारी बनी आफ्नो दैनिक जीवनयापनमा सरल र सहज बन्न बैंकहरुले महत्वपूर्ण भूमिका खेल्ने गरेको पाइन्छ । 

बैदेशिक रोजगारीमा विदेशमा जानेहरुको लागि पैसा पठाउने सजिलो र भरपर्दो माध्यम बनेको छ । देश तथा विदेशहरुमा आफ्ना आफन्तहरुरलाई पैसा पठाउन तथा प्राप्त गर्नका लागि बैंक तथा वित्तिय संस्थाहरुले महत्वपूर्ण भूमिका खेल्दै आएको पाइन्छ । जसले गर्दा आफ्नै बालबालिकाहरुलाई पढनपठन गर्न उच्च शिक्षा हासिल गर्न समेत बैंक तथा वित्तिय संस्थाहरुले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

अझ भन्ने हो भने आजको डिजिटल युगमा विभिन्न डिजिटल प्रविधीहरु जस्तै : E-banking, Mobile banking, QR, POS mechine, ATM लगायतका विद्युत्तीय कारोवारहरुबाट बैकिङ्ग सुविधालाई अझ छिटो/छरितो/विश्वसनीय ढंगबाट श्रम र समयको बचत गरी घरैमा बसी-बसी पैसा पठाउने मोवाइलमा रिचार्ज गर्न, बिजुली, पानी, कलेजको फि तिर्न, प्लेन टिकट काटने लगायतका सुविधाहरु दिदै आईरहेका छन् । बैकिङ्ग क्षेत्रबाट आमजनताको विहान–बेलुकी चुलो बाल्ने देखि लिएर ठूला–ठूला उद्योग कलकारखानाहरु संचालन गर्ने, ब्यावसायहरु संचालन गर्ने, हाइड्रोपावारहरु निर्माण गरी र देशकै अर्थतन्त्रलाई बनाउने बलियो जस्ता महत्वपूर्ण भुमिकाहरु पनि निर्वाह गरिरहेका छन् । त्यसैले बैंकले भनेको जनता र राष्ट्रको लागि समग्र अर्थतन्त्रको मेरुदण्डको रुपमा वरदान सावित हुदैं आएको पाइन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार