मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

बिराटनगर :
‘संविधान संशोधन आवश्यकता र चुनौती’ बिषयक अन्तरक्रिया सम्पन्न

Sankhuwasabhapress 628+ समाचार ( )
१८ माघ २०८१, शुक्रबार

संखुवासभा । कोशी प्रदेशको राजधानी बिराटनगरमा ‘संविधान संशोधन आवश्यकता र चुनौती’ बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

बिहीबार नेपाली कांग्रेसका पेशागत तथा बुद्धिजिवी विभाग र डेमोक्रेटिभ लयर्स एसोसिएसनद्धारा संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका नेता शेखर कोइराला रहेका थिए । उनले समय र आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्ने बताए ।

त्यसैगरि कोशी प्रदेश सभापति तथा पूर्वमुख्य मन्त्री उद्धव थापा, पेशागत बुद्धिजिवी विभागका केन्द्रीय प्रमुख डा.डिला संग्रौला, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली, कोशी प्रदेश पेशागत तथा बुद्धिजिवी विभागका प्रमुख राम थापा, डिएलएका केन्द्रीय अध्यक्ष तथा बरिष्ठ अध्यक्ष सिताराम केसी र बरिष्ठ अधिबक्ता भीमार्जुन आचार्य लगायतको उपस्थिती रहेको थियो । 

‘संविधान संशोधन आवश्यकता र चुनौती’ बिषयमा डिएलएका केन्द्रीय अध्यक्ष तथा बरिष्ठ अध्यक्ष सिताराम केसी र बरिष्ठ अधिबक्ता भीमार्जुन आचार्यले प्रष्टाएका थिए भने नेताहरुले मन्तब्यका क्रममा आआफना धारणाहरु राखेका थिए ।

कोशी प्रदेश पेशागत तथा बुद्धिजिवी विभागका प्रमुख राम थापाले बुद्धिजिवी विभाग कांग्रेसको महत्वपूर्ण विभाग भएकाले पढेलेखेका बुद्धिजिवी युवाहरुलाई अवसर दिनुपर्ने धारणा राखेका थिए । ‘संविधानमा नै वडा सदस्य देखि प्रधानमन्त्री सम्म शैक्षिक योग्यताको कदर गरी दुई पटक भन्दा बढि निर्वाचीत हुन नपाउने गरि संविधान संशोधन गर्नुपर्छ । दिनानुदिन बैदेशिक रोजगारीमा जाने युवाहरुको लर्को देख्दा देश रिक्तिन लागिसक्यो भन्ने लाग्छ, त्यसलाई रोक्न यही रोजगारी अवसरका लागि ठोस नीति ल्याउनुपर्छ ।’—प्रदेश विभाग प्रमुख थापाले भने । 

पेशागत तथा बुद्धिजिवी विभागका केन्द्रीय प्रमुख डा.डिला संग्रौलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार