मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

चिचिला गाउँपालिका
चिचिलामा फुटबल प्रतियोगिता हुने

Sankhuwasabhapress 628+ समाचार ( )
२० चैत्र २०८०, मङ्गलबार

संखुवासभा । जिल्लाको चिचिला गाउँपालिकामा यहि चैत्र २५ बाट खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । 

गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा चिचिला बजार स्थित पञ्चकन्या आधारभुत विद्यालयको खेलमैदानमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने बाँकी दुवै टिमले प्रति टिम नगद २० हजार रुपैया सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ठ गोलरक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित खेलाडीलाई जनही २ हजार ५ सय रुपैया प्रदान गरिनेछ । उक्त प्रतियोगितामा ब्यवस्थापक सहित ११ जनाको टिम हुनुपर्नेछ । टिम दर्ता प्रति टिम ५ हजार रुपैयाँ तोकिएको छ ।

प्रतियोगिताको समापनको दिन बैशाख १ गते साँस्कृतिक नृत्य प्रतियोगिताको समेत आयोजना गरिनेछ । लोक साँस्कृतिक गिल्या सामुहिक नृत्यलाई मात्र प्रतियोगितामा समावेश गराइने आयोजक चिचिला खेलकुद विकास समितिका अध्यक्ष प्रदिप गुरुङले जानकारी दिए । 

लोक साँस्कृतिक नृत्य प्रतियोगितामा पहिलो हुनेले नगद १५ हजार रुपैयाँ, दोश्रो हुनेले १० हजार, तेश्रो हुनेले ५ हजार र सान्त्वना हुनेले २ हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने छन् । कार्यक्रम बैशाख १ गते साँझ समापन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार