मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

#मन्त्री दीपक खड्का
नवीकरणीय उर्जा तथा उर्जा दक्षता नियमावलीको मस्यौदा अगाडि बढाउन उर्जामन्त्रीको निर्देशन

Sankhuwasabhapress 628+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नवीकरणीय उर्जाको विकासका लागि नवीकरणीय उर्जा तथा उर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिनुभएको छ ।

केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री खड्काको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको वोर्ड बैठकमा उहाँले मुलुकमा नवीकरणीय उर्जाको विकासका लागि आवश्यक पर्ने नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिनुभएको हो ।

नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– २०८१ हाल सङ्घीय संसदमा प्रस्तुत भइसकेको छ । मन्त्री खड्काले नवीकरणीय उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पुरा गर्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र लाग्नुपर्ने बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बैठकमा केन्द्रमार्फत आव २०८०/०८१ सञ्चालित कार्यक्रम र आयोजनाको प्रगतीको समिक्षा, आव २०८१/०८२ को वार्षिक कार्यक्रम तथा वजेट विस्तृतिकरण, केन्द्रलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनलगायतमा छलफल भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

यम कुमार राई १ भाद्र २०८१, शनिबार

नवीकरण उर्जा बिकासमा भईरहेको कामको अनुगमन गरि कमि कम्जोरिहरु सुधार्न अति आवश्यक छ । कति पय हाईड्रोपावर कम्पनीहरुले गुणस्तर हिन काम गरिरहेका छन् । यसले समृद्ध नेपालको बिकासमा टेवा पुर्याउँदैन । केबल कम्पनी सञ्चालकहरु मात्र पोषाउँछन् ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार