मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

‘मेरो चैनपुर...’ बोलको गीत
चैनपुरको सेरोफेरो समेटिएको म्युजिक भिडियो सार्वजनिक

Sankhuwasabhapress 628+ समाचार ( )
७ मंगशिर २०८०, बिहीबार

मोहनकुमार राई

संखुवासभा (चैनपुर) । जिल्लाको चैनपुरको सेरोफेरोलाई समेटिएको म्युजिक भिडियो एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । 

सोमबार सेजल डान्स सेन्टरद्वारा आयोजित कार्यक्रममा ‘मेरो चैनपुर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको डान्स सेन्टरका प्रोपाइटर साजन राईले जानकारी दिए ।

चैनपुर नगरपालिका भित्र सिद्धकाली मन्दिर, वानेश्वर, चैनपुर बजार तथा चैनपुर स्थित धार्मिक स्थलहरुमा छायाङकन गरिएको म्युजिक भिडियो पर्यटन प्रर्वधन, सम्वर्धनका लागि टेवा पुग्योस भन्ने उद्देश्यले मेरो चैनपुर नामक म्युजिक भिडियो तयार पारिएको गायक तथा संगितकार पर्वत श्रेष्ठले वताए । 

म्युजिक भिडियोमा कलाकारहरु साजन राई, सिम्रन निम्बा, अरमिन श्रेष्ठ, नमुना घिमिरे, निमा शेर्पा, सुहाना पासवान, सुरेन श्रेष्ठ, जनेश कर्मचार्य अभिनय गरेका छन् । भिडियोको व्यवस्थापक तथा श्रृगार पाटनर आशा श्रेष्ठ रहेको थियो । म्युजिक भिडियोको कोरियो ग्राफिस्ट मलिका श्रेष्ठ रहेको थियो । 

‘कला र संस्कृतिको सम्मान, तपाई हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा गायक सुरेन श्रेष्ठ र चैनपुर नगरपालिकाका उपप्रमुख एलिना श्रेष्ठद्धारा संयुक्त रुपमा व्यानर पढेर र भिडियो अन गरेर उद्घाटन गरिएको थियो ।

सेजल डान्स सेन्टरका गोकुल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिपावलीको अवसरमा खेलाइएको देउसी भैलो कार्यक्रममा सहभागी भाइवहिनीहरुलाई सम्मानित समेत गरिएको थियो । 

प्रतिक्रिया

नारायण गुरुङ ७ मंगशिर २०८०, बिहीबार

भिडीयो क्लीप पनी हेर्न पाए राम्रो हुन्थ्यो हाम्रो चैनपुर को।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार