मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

एमाले :
संखुवासभा एमालेमा पार्टीको निर्णय विपरित भ्रम छर्नेलाई कारबाही गरिन पर्ने माग

Sankhuwasabhapress 607+ समाचार ( )
२३ पौष २०८२, बुधवार

संखुवासभा । नेकपा एमाले जिल्ला कमिटि संखुवासभाले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको भएपनि एकल सर्वसम्मत भन्दै सामाजिक संजालमा भ्रम छरिएको भन्दै असन्तुष्ट पक्षले कारबाहीको माग गरेको छ ।

लगातार तीन दिन बैठक पछि एकल सर्वसम्मत हुन नसकेपछि जिल्ला कमिटीको बैठकले राजेन्द्र गौतम, तुलसीप्रसाद न्यौपाने, भविश्वर गुरुङ, शेरबहादुर कार्की, डा. अर्जुन कार्की र अम्बिका खवासको नाम सिफारिस गरेको थियो । तर, तुलसीप्रसाद न्यौपानेको छोरी रेखा न्यौपानेले ‘संखुवासभाबाट प्रतिनिधीसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस बन्नुभएको बधाई तथा शुभकामना ड्याडी’ भन्दै सामाजिक संजालमा पोष्ट गरेपछि असन्तुष्ट पक्षले भ्रम छरेको भन्दै कारबाहीको माग गरेको हो । 

पार्टी अनुशासन विपरित भ्रम छर्ने काम भएको नेकपा एमाले संखुवासभाका सचिवालय सदस्य युवराज राईले कारबाही माग गरेका हुन् । उनी भन्छन–‘सिद्धान्तबाट विचलित कार्यकर्ताबाट स्खलित भएपछि सन्तानको नामबाट नेकपा एमाले संखुवासभा जिल्ला कमिटीको निर्णय विरुद्ध अफवाह फैलाउने नेता तथा कार्यकर्तालाई तत्काल कारवाही गरियोस् ।’

न्यौपानेको नाम एकल सर्वसम्मत हुन नसकेपछि तीन दिन ब्यापक छलफल पछि ६ जनाको नाम सिफारिस गरेकोमा कसरी सर्वसम्मत भयो भन्दै प्रतिप्रश्न गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार