मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

फुटबल :
खाँदबारी रंगशालामा प्रथम तीनपोखरी फुटबल कप शुरु

Sankhuwasabhapress 628+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका—७ स्थित खाँदबारी रंगशालामा प्रथम तीनपोखरी कप फुटबल प्रतियोगिता शुरु भएको छ । 

विहिबार एक कार्यक्रम बीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरे । उनले नगरभित्रका क्लब र खेलाडीलाई ब्यावसायिक बनाउन सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाउर्दै खाँदबारी रंगशाला नगरभित्रको सबैभन्दा महत्वपूर्ण रंगशाला भएकाले डिपिआर बनाएर पाराफिट सहितका सुविधा सम्पन्न खेलमैदान बनाउन लागिपर्ने बताए । 

आज भएको पहिलो खेलमा सितलपाटी एफसी र लोहोरुङ क्लब बीच भएको थियो । सितलपाटीले ३–१ गोल गर्दै लोहोरुङलाई हराए । निकै बलियो मानिएको लोहोरुङ क्लब पहिलो खेलबाट नै आउट भए । त्यसैगरि दोस्रो खेल मकालु फ्रेन्ड्स र आयोजक तीनपोखरी (रातो) बीच भएको थियो । मकालु फ्रेन्डसले ३–० गोलको सहज जीत निकाले । मकालुले पेलान्टी पाएर १ गोल थपेका थिए । 

प्रतियोगितामा सशस्त्र प्रहरी कोशी प्रदेश पकली, इटहरी फुटबल क्लब, भड्साबारी फुटबल क्लब, हिले फुटबल, सितलपाटी क्लब, लोहोरुङ क्लब, खाँदबारी युथ क्लब, एडभान्स क्लब, मकालु फ्रेन्ड्स, तुम्लिङटार स्र्पोटिङ्ग क्लब र आयोजक तीनपोखरी क्लब (रातो र सेतो दुई टिम) सहित १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजयी टिमलाई नगद २ लाख २२ हजार २ सय २२ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उपविजेताले नगद १ लाख ११ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार