मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

भोटखोला –४ गोला :
कृष्ण माविको ५२ औं बार्षिकोत्सव सम्पन्न : मन्त्री राईले गरे छात्रवास भवनको शिलान्यास

Sankhuwasabhapress 628+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ गोला स्थित रहेको कृष्ण माध्यमिक विद्यालयको ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

शनिबार आयोजित समापन कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई प्रमुख अतिथीको रुपमा उपस्थित भएका थिए । मन्त्री राई बार्षिकोत्सव कार्यक्रममा सहभागी हुन भोटखोला पुगेका थिए । मन्त्री राईले कृष्ण माध्यमिक विद्यालयको ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै शिक्षाले उज्यालो ज्योती छर्ने भएकाले शिक्षाबाट कसैलाई बञ्चित गर्न नहुने धारणा राखेका थिए । 

मन्त्री राई कृष्ण माविको हिमाली आवसीय छात्रावास भवनको समेत शिलान्यास गरेका थिए । कोशी प्रदेश सरकारले गोलामा हिमाली आवसीय छात्रवास निर्माणको लागि बजेट बिनियोजन गरेको छ । दुर्गम भोटखोलामा निकै ठूलो लागतमा न्यूनतम डेढ करोड देखि तीन करोड रुपैयाको हाराहारीमा आवसीय छात्रवास बन्न लागेको हो । सो छात्रवास निर्माणपछि उत्तरी क्षेत्रका धेरै विद्यार्थीहरुलाई राहत पुग्ने कृष्ण माध्यमिक विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मनोज गुरुङले बताए । उनले विद्यालयको भौतिक पूर्वाधारको विकाससँगै शैक्षिक गुणस्तर बढाउन विभिन्न क्षेत्रबाट काम गरिरहेको बताए । 

‘आज सिक्नुहोस, भविष्य बनाउनुहोस’ भन्ने मुलनारा सहित बिहीबार देखि शनिबार सम्म तीन दिने खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरि बार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा विद्यालयलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने चन्दादाता र जग्गादाताहरुलाई प्रमुख अतिथी सामाजिक बिकास मन्त्री पाँचकर्ण राईको बाहुलीबाट सम्मानपत्र हस्तान्तरण समेत गरिएको थियो । त्यसका साथै खेलकुद तथा साँस्कृतिक कार्यक्रममा उत्कृष्ट बनेका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको विब्यस अध्यक्ष गुरुङले बताए ।

उनको अनुसार, आर्थिक बर्ष २०८०-८१ मा ८२ लाख ५९ हजार ८५० रुपैया र आर्थिक बर्ष २०८१-८२ मा ९० लाख ९४ हजार ५११ रुपैया गरि कुल एक करोड ७३ लाख ५४ हजार ३६१ रुपैया विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गुरुङले बताए । 

उक्त बार्षिकोत्सव तथा अभिभावक दिवसको समापन कार्यक्रममा सामाजिक बिकास मन्त्री पाँचकर्ण राईका साथै कोशी प्रदेशका साँसद विदुर लिङ्थेप, भोटखोला गाउपालिकाका अध्यक्ष वाङ्छेदार भोटे, शिक्षा बिकास तथा समन्वय इकाई संखुवासभाको कार्यालय प्रमुख गोपालमान भण्डारी,  समाजसेवी, नागरिक समाज, शिक्षाप्रेमी, बुद्धिजीवी, चन्दादाता, जग्गादाता, पूर्ब बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु र अभिभावक र विद्यालयको शैक्षिक उन्नयनमा लाग्ने महानसभावहरुको ब्यापक उपस्थिती रहेको थियो।

कृष्ण माध्यमिक विद्यालय वि.सं. २०३० सालमा स्थापना भएको हो । विद्यालयमा अहिले उक्त विद्यालयमा तीन सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार