मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

भलिवल प्रतियोगिता
पुस १३ देखि चैनपुरमा अन्तरमावि भलिवल प्रतियोगिता हुने

Sankhuwasabhapress 607+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार
  • मोहनकुमार राई

संखुवासभा (चैनपुर) । विद्यार्थीहरु वीच प्रतिस्पर्धाको विकास होस् भन्ने उद्धेश्यले विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप अन्तरगत शारदा मावि पोखरीले चैनपुर नगरपालिका भित्रका अन्तरमावि छात्र भलिवल प्रतियोगिता गर्ने भएको छ ।

‘आत्मियता अनुशासन र लगनशिलता शिक्षासँगै खेलकुद आजको आवश्यकता’ भन्ने नाराका साथ नगरभित्रका माध्यमिक तहका छात्रहरु वीच यहि पुस १३, १४ र १५ गते भलिवल प्रतियोगिता सम्पन्न गर्ने भएको शारदा मावि पोखरीका सुचना अधिकारी रामेश्वर योञ्जनले बताए । 

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद १० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र र सेमी फाइनलिस्ट दुवै टिमलाई ५/५ हजार नगद प्रदान गरिने विद्यालयका खेलशिक्षक मोहनकुमार खत्रीले जानकारी दिए । 

भलिवल प्रतियोगिताको लागि चैनपुर नगरपालिका वडा नं. ३ बाट रु २५ हजार, वडा नं. २, ४ र ५ ले रु २० हजारका दरले आर्थिक सहयोगमा भलिवल प्रतियोगिता हुन लागेको चैनपुर नगरपालिका वडा नंं. ५ का वडाध्यक्ष कालीबहादुर लिम्बूले बताए ।

शिक्षा नियमावली २०५९ कोे परीच्छेद १४ को नियम ७६ मा अतिरीक्त क्रियाकलापको व्यवस्था भएको छ । अतिरीक्त क्रियाकलाप अन्तरगत खेलिने खेल प्रतियोगिताले राष्ट्रिय भावना जगाउनका साथै मनोरञ्जन र शारीरिक विकास पनि हुने हुँदा यस किसिमको प्रतियोगिता उपयोगी रहेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर कार्कीले बताए । 

सोमबार विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, खेल शिक्षक लगायतको उपस्थितिमा भलिवल प्रतियोगिता आयोजनाको निर्णय गरिएको विद्यालयको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार