मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

#सेपाक ताक्रो
नेपालले किङ्स कप सेपाक ताक्रो प्रतियोगितामा एक स्वर्ण सहित चार पदक जित्यो

Sankhuwasabhapress 607+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

संखुवासभा । नेपालले थाइल्याण्डको कोरात स्थित स्टेडियममा सम्पन्न किङ्स कप सेपाक ताक्रो प्रतियोगितामा एक स्वर्ण र तीन कास्य सहित चार पटक जितेको छ ।

नेपालले २३ वर्षपछि ऐतिहासिक सफलता हासिल गर्दै स्वर्ण पदक जितेको हो । यो प्रतिष्ठित प्रतियोगितामा ३० भन्दा बढी देशहरूको सहभागिता रहेको थियो । विभिन्न विधामा विभाजन गरिएको प्रतियोगिता प्रिमियर, डिभिजन १, र डिभिजन २ रहेको बताइएको छ । 

नेपालले डिभिजन १ मा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेको नेपालका कोच महेन्द्र राईले बताए । उनको अनुसार, ट्रियो विधामा नेपालले स्वर्ण पदक जित्न सफल भएको हो । यस विधामा दुई महिला र एक पुरुष खेलाडी मैदानमा खेल्छन्, र एक खेलाडी स्पेयरमा बस्छन् । नेपालका खेलाडीहरूको समन्वय र प्रयासले स्वर्ण पदक नेपालमा ल्याएको छ ।

त्यस्तै, मिक्स्ड क्वाड विधामा नेपालले कांस्य पदक जित्न सफल भएको छ । यस विधामा दुई महिला र दुई पुरुष खेलाडीहरू मैदानमा खेल्छन्, दुई खेलाडीहरू स्पेयरमा बस्छन् । नेपालले यो विधामा पनि उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक जित्न सफल भएको छ । मेन क्वाड विधामा पनि नेपालले कास्य पदक जित्न सफल भएको छ । यस विधामा चार पुरुष खेलाडी मैदानमा खेल्छन्, र दुई जना स्पेयरमा बस्छन् ।

नेपालले हुप ताक्रो विधामा पनि कास्य पदक जितेको छ। यस विधामा ६ जना खेलाडीको समूहले प्रतिस्पर्धा गर्छ । प्रतियोगितामा नेपाली खेलाडीहरू अनिल जर्गा मगर, रोशन तामाङ, सुजन तामाङ, पदम बहादुर ठाडामगर, दिपेशजंग थापा, उमेश महत्तो, सुमित्रा डङ्गोल, चन्द्रा चौधरी रहेका थिए भने नेपालको टिमलाई प्रशिक्षकहरू महेन्द्र राई र श्यामबहादुर श्रेष्ठ थिए भने शोमाया थापा मगर रेफ्रीको रूपमा सहभागी थिए। टिम व्यवस्थापकको भूमिका जितेन्द्र थापा मगरले निभाएका थिए। कुल १३ जनाको नेपाली टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको महेन्द्र राईले बताएका छन् ।

सेपाक ताक्रोको अन्तर्राष्ट्रिय महासंघको अध्यक्ष नेत्रप्रसाद गुरुङको नेतृत्वमा नेपाली टोलिले यो सफलता हासिल गरेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार