मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

#पुस्तकालय स्थापना
सिलीचोङको महेश्वरी माविलाई पुस्तक हस्तान्तण

Sankhuwasabhapress 628+ समाचार ( )
१८ अशोज २०८१, शुक्रबार

संखुवासभा । साब्लाबुड पुस्तकालय अभियानका अध्यक्ष तथा उपन्यासकार राजकुमार राईले संखुवासभाको सिलिचोङ गाउँपालिकाको याफूमा रहेको श्री महेश्वरी माविलाई पुस्तक हस्तान्तरण गरेका छन् ।

एक कार्यक्रम बीच विद्यालयका प्रधानाध्यापक टेक सिंह राई र विद्यालय ब्यवस्थापन समिमितका अध्यक्ष बुद्धिमान राईलाई पुस्तकालय स्थापनाका लागि पुस्तक हस्तान्तरण गरेका हुन । राईले १ लाख २७ हजार मूल्य बराबरको १ हजार ९२ प्रति पुस्तक विद्यालयमा हस्तान्तरण गरेको उपन्यासकार राजकुमार राईले बताए । अभियान्ंता राजकुमार राईले पुस्तकालय दोस्रो युनिभर्सिटी भएको बताए ।

‘पुस्तकालय विधार्थीलाई मात्र नभएर शिक्षक कर्मचारी, किसान र ब्यापारी सबैको निम्ति जरुरी छ । योग्य विधार्थी हुन गैरपाठ्यक्रमको पुस्तक पढ्न जरूरी छ । विकासित मुलुकहरूमा अनिबार्य जस्तै छ । हामी कहाँ गैर पाठ्यक्रमको पुस्तक साहित्यकारले मात्र पढ्ने भन्ने गलत संस्कृति छ । विद्यालय क्याम्पस पछि मैले पढिसके भनेर कुनै पुस्तक नपढ्ने शिक्षक कर्मचारी नेता किसान मजÞदूर भएकोले पनि हाम्रो समाजमा अनेक बिसङगति देखिएको हो । असल छोराछोरी बनाउन अभिभावकले पनि पुस्तकहरू पढ्नु पर्छ । आफु युट्यव फसबुक टिकटक हेर्ने छोराछोरीलाई पढ़ भन्दा के छोरा छोरी पढ्छन ?’—राईले भने ।

पुस्तकालय विहिन हाम्रो समाज बौद्धिक शुन्यता भएको देखेर विदेशमा खुन पसिना बेचेको केही रकमले नेपालमा पुस्तकालय अभियान सन्चालन गर्दै आएको राईको भनाइ छ ।

कार्यक्रममा स्वागत मन्तव्य दिदैं प्रअ टेक सिंह राईले पुस्तकालयको निम्ति दैउसी भैली खेलेर पुस्तक किनेको स्मरण गर्दै पुस्तकालयलाई व्यवस्थित गर्ने प्रतिबद्धता ब्यक्त गरे । उक्त कार्यक्रम सन्चालन पिताम्बर गौतमले संन्चालन गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार