मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

खाँदबारी नगरपालिका–४ :
हरेलोडाँडाको समाधीस्थल सरसफाई

Sankhuwasabhapress 598+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–४ स्थित हरेलोडाँडामा रहेको समाधीस्थलको सरसफाई गरिएको छ ।

शनिबार स्थानीय भाङखर्क टोल विकास संस्था, हरेलोडाँडाका स्थानीय र देवीथान टोल विकास संस्थाका केही प्रतिनिधीहरु गरि करिब ६० जनाको सहभागीतामा समाधीस्थलको सरसफाई गरिएको हो । समाधीस्थल वरपर बर्खाको कारण झारजंगल बढेकाले सरसफाई गरिएको भाङखर्क टोल विकास संस्थाका अध्यक्ष नन्दबहादुर गुरुङले बताए । उनले हामी सबैको साझा समाधीस्थल भएकाले मानिसहरु अन्तेष्टी गर्न ल्याउँदा झारजंगल बढेकाले समस्या नहोस भनेर सरसफाई गरिएको बताए । 

भाङखर्क टोल विकास संस्थाको अगुवाईमा समाधीस्थलको सरसफाई गरिएको हो । आजभोली गाउँघरमा जनश्रमदान हराउर्दै गएकाले सानातिना कामहरु गर्न सरकारको मात्रै मुख ताक्न नहुने बताउर्दै स्थानीय गाउँलेहरुले जनश्रमदानद्धारा काम गर्नुपर्ने सोच राखेर समाधीस्थलको शनिबार विदाको दिन पारेर सरसफाई गरिएको टोल अध्यक्ष गुरुङले बताए ।

उक्त समाधीस्थल सरसफाईका सहभागीहरुलाई खाजा, नास्ता र चियापानको ब्यबस्था भाङखर्क टोलकास्थानीय अग्रज भीमबहादुर गुरुङले ब्यक्तिगत रुपमा गरेका थिए । उनले करिब तीन हजार रुपैया खर्च गरेका थिए । उक्त समाधीस्थल सरसफाई कार्यक्रममा खाँदबारी ४ नं. वडाका कार्यवहाक वडाध्यक्ष पवित्राकुमारी गुरुङ लगायत स्थानीय अगुवाहरुको उपस्थिती रहेको थियो । 

हरेलोडाँडामा समाधीस्थल बनाएपछि धेरै मानिसहरुलाई सहज भएको छ । समाधीस्थल सम्म यातायातको सुविधा भएकाले सजिलो छ भने मलामीहरु बस्नका लागि फलैचा, प्रतिक्षालय र खानेपानीको ब्यबस्थापन भएकाले सबैलाई सहज रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै