मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

आठौं अरुणभ्याली फुटबल प्रतियोगिता :
पञ्चकन्या र तीनपोखरी फाइनलमा प्रवेश

Sankhuwasabhapress 628+ समाचार ( )
२४ कार्तिक २०८०, शुक्रबार

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गमा जारी आठौं अरुणभ्याली फुटबल प्रतियोगिताको फाइनलमा पञ्चकन्या र तीनपोखरी पुगेको छ ।

बिहीबार भएको सेफिफाइनल खेलमा मिरमिरे क्लबलाई हराउदै तीनपोखरी क्लब फाइनलमा प्रवेश गरेको हो । निर्धारीत समयमा बराबर खेलका दुवै टिमले टाइब्रेकरमा तीनपोखरीले मिरमिरेलाई हराए ।

त्यसैगरि सेमिफाइनलको दोस्रो खेलमा खाँदबारी युथ क्लब र पञ्चकन्या क्लब बीच भएको थियो । दुवै टिम बीच कडा प्रतिस्पर्धा भएपनि अन्तिम चरणमा पञ्चकन्याले खाँदबारीलाई १ गोल गरे । खाँदबारीले गोल फर्काउन नसकेपछि पञ्चकन्या फाइनलमा प्रवेश गरेको छ । शुक्रबार (आज) उपाधी चुम्नका लागि पञ्चकन्या र तीनपोखरी बीच प्रतिस्पर्धा हुनेछ । 

सोमबार देखि शुरु भएको सो प्रतियोगिता शुक्रबार (आज) समापन हुनेछ । भने प्रतियोगितामा जिल्लाभित्र र बाहिरका १२ टिमको सहभागीता रहेको छ । 

प्रतियोगिताको विजेताले नगद २ लाख, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

समापन समारोहमा विभिन्न ख्याती प्राप्त कलाकारहरुद्धारा साँगितीक कार्यक्रमहरु समेत रहेको आयोजक एडभान्स क्लबका अध्यक्ष जिल्लामान राईले बताए । ०६४ सालमा स्थापना भएको यस क्लबले बर्सेनि दशैं र तिहारको बीच प्रतियोगिता निरन्तर रुपमा संचालन गर्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार